Follow us:


Follow us

१५ असोज २०८३, बिहिवार
१५ असोज २०८३, बिहिवार


बजेट माथि उठेका प्रश्नकाे जवाफ दिँदै अर्थमन्त्री

एक्सन खबर
जेठ, २९, २०८०


बजेट माथि उठेका प्रश्नकाे जवाफ दिँदै अर्थमन्त्री

काठमाडौं, २९ जेठ । बजेटमाथिकाे छलफल  गर्न चलिरहेकाे प्रतिनिधि सभा बैठक आजपनि बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा बजेटबारे अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यसूची छ ।

जेठ १५ गते पेश भएको बजेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणबाट फर्किएपछि छलफल सुरु भएकोमा हिजाे आइतबार सकिएको थियो । छलफलका क्रममा सांसदले उठाएका प्रश्न र जिज्ञासाको जवाफ अर्थमन्त्रीले आज दिने कार्यसूची रहेकाे छ ।

अर्थमन्त्रीले जवाफ दिएपछि बजेट पारितको प्रक्रियामा जानेछ । बजेटमाथि प्रतिपक्ष नेकपा एमाले, रास्वपा, राप्रपासँगै सत्तारूढ दलकै सांसदहरूले चर्काे टिप्पणी गरिरहेकाले अर्थमन्त्री दवावमा छन् ।













0 प्रतिकृया