Follow us:


Follow us

१५ असोज २०८३, बिहिवार
१५ असोज २०८३, बिहिवार


प्रतिनिधि सभा तथा राष्ट्रिय सभाकाे बैठक बस्दै

एक्सन खबर
जेठ, २३, २०८०


प्रतिनिधि सभा तथा राष्ट्रिय सभाकाे बैठक बस्दै

काठमाडाैं, २३ जेठ । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको बैठक मंगलबार बस्दैछ । संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्नेछ । भने, राष्ट्रिय सभाको बैठक दिउँसो ११ बजेर ११ मिनेटमा बोलाइएको छ ।

संसद सचिवालयका अनुसार अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते पेश गरेकाे आगामी २०८०/०८१ को बजेट माथि छलफल गर्न बैठक बाेलाइएकाे हाे ।

प्रतिनिधि सभा बैठकमा आगामी २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद् सचिवालयले बताएको छ ।

राष्ट्रिय सभा बैठकमा पनि आजबाट बजेटमाथिको छलफल सुरू हुने तथा  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्खरै गरेको भारत भ्रमणको जानकारी गराउने कार्यसूची राखिएको छ ।

प्रधानमन्त्री खप्तड जाने तयारी रहेकाले राष्ट्रिय सभामा भ्रमणबारे आज जानकारी गराउने या नगराउने यकिन नभइसकेको उनको सचिवालयले जानकारी गराएकाे छ ।













0 प्रतिकृया