Follow us:


Follow us

११ असोज २०८३, आइतवार
११ असोज २०८३, आइतवार


नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश

एक्सन खबर
जेठ, २१, २०८०


नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश

काठमाडाैं, २१ जेठ । नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अल्पकालिन अन्तरिम आदेश जारी गरेकाे छ । राष्ट्रपति रामचन्द्र पौडेलले दुई दिनअघि प्रमाणीकरण गरेको नागरिकता विधेयक ऐन तत्काल कार्यन्वयन नगर्न सरकारका नाममा आज सर्वाेच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हाे ।

राष्ट्रपति पौडेलले संविधान विपरीत विधेयक प्रमाणीकरण गरेको भन्दै वरिष्ठ अधिवक्ताहरु डा.सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हाे ।

राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्ने क्रममा उदृत गरेका संविधानका प्रावधानहरु विधेयक प्रमाणीकरणसँग सम्बन्धित नभएको, गलत संवैधानिक प्रावधान उदृत गरेर संवैधानिक प्रावधानमाथि प्रहार भएको भन्दै रिट निवेदनमा प्रमाणीकरण गरेको विधेयक तत्काल कार्यान्वयन नगर्नु भनी रोक लगाउन माग गरिएको थियो ।













0 प्रतिकृया