Follow us:


Follow us

१५ असोज २०८३, बिहिवार
१५ असोज २०८३, बिहिवार


बजेटमाथि छलफल गर्न बस्ने प्रतिनिधिसभामा एमालेले प्रधानमन्त्रीसँग जवाफ माग्ने

एक्सन खबर
जेठ, २१, २०८०


बजेटमाथि छलफल गर्न बस्ने प्रतिनिधिसभामा एमालेले प्रधानमन्त्रीसँग जवाफ माग्ने

काठमाडौं । आर्थिक वर्ष २०८०–०८१ को बजेटमाथि छलफल गर्न  प्रतिनिधिसभाको बैठक आजबाट बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठकमा सरकारको वार्षिक बजेटमाथि छलफल सुरु हुने भएको हाे ।

संसद सचिवालयका अनुसार बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८०–०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । बैठकमा विभिन्न शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएकाे छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा गैरजिम्मेवार र राष्ट्रहित विपरित अभिव्यक्ति दिएकोप्रति
यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने संसदमा जवाफ माग गर्ने भएको छ । प्रचण्डले भारत भ्रमणका क्रममा सञ्चारकर्मीहरुसँग फूलबारी बन्दरगाहसम्मको रुट माग्ने क्रममा सो बाटो उपलब्ध गराए कालापानी र लिपुलेक दिन सकिने भन्ने अभिव्यक्ति दिएका थिए ।

प्रधानमन्त्रीको सो अभिव्यक्तिको विरोध भइरहेको छ । यसबारे एमालेले प्रधानमन्त्रीको जवाफ माग्ने बताएकाे छ । 













0 प्रतिकृया