Follow us:


Follow us

१० असोज २०८३, शनिवार
१० असोज २०८३, शनिवार


उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीले मुद्रा साट्दा ३ प्रतिशत तिर्नुपर्ने

एक्सन खबर
जेठ, १५, २०८०


उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीले मुद्रा साट्दा ३ प्रतिशत तिर्नुपर्ने

काठमाडौं, १५ जेठ । सरकारले उच्चशिक्षाका लागि विदेशिने विद्यार्थीले विदेशी मुद्रा सटही गर्दा लाग्ने शुल्क बढाएकाे छ । विदेशमा अध्ययन गर्न जाने विद्यार्थींले विदेशी मुद्रा सटही गर्दा त्यस्तो सटही रकममा लाग्ने शिक्षा सेवा शुल्क बढाइएकाे हाे ।

अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ काे बजेट सार्वजनिक गर्दै अध्ययनका लागि विदेश जाने विद्यार्थीले विदेशी मुद्रा सटही गरेवापत ३ प्रतिशत शुल्क तिर्नुपर्ने बताए । यसअघि २ प्रतिशत शुल्क कायम थियाे ।

विदेशी मुद्राको सटही सुविधा उपलब्ध गराउने बैंक वा वित्तीय संस्थाले शिक्षण सेवा शुल्क वापत संकलन गरेको रकम अर्को महिनाको २५ गतेभित्र राजस्व खातामा जम्मा गरी त्यसको विवरण राजस्व कार्यालयमा पठाउनु पर्ने भनिएकाे छ ।













0 प्रतिकृया