Follow us:


Follow us

१५ असोज २०८३, बिहिवार
१५ असोज २०८३, बिहिवार


रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी

एक्सन खबर
जेठ, १४, २०८०


रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी

काठमाडौं, १४ जेठ । गणतन्त्र दिवसको अवसरमा ४८२ जनाको कैद सजाय माफी गरिएकाे छ । राष्ट्रपति रामचन्द्र पौडेलले टिकापुर प्रकरणका मुख्य अभियुक्त सहित ४८२ जनाकाे बाँकी कैद सजाय माफि दिएका हुन् ।

आइतबार साँझ राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै ४८२ जनाको कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफी भएको जानकारी दिएका छन् ।

आइतबारमात्रै मन्त्रिरिषदको बैठकले पूर्वसांसद चौधरीको सजाय माफी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषदको सिफारिसमा सोमबारदेखि लागु हुनेगरी रमेश थलङ भन्ने हेमबहादुरसमेत ४७५ र जेष्ठ नागरिक उदयनारायण गिरीसमेत सात जना गरी कुल ४८२को कैद भुक्तान हुन बाँकी सजाय माफी भएको हो ।

यस्तै मन्त्रिपरिषदकै सिफारिसमा टोपबहादुर बुढा समेत १९ जना व्यक्तिहरूलाई विभिन्न मितिमा भएका फैसला बमोजिम कैद सजाय पनि माफ गरेको भट्टराईले जानकारी दिएका छन् ।















0 प्रतिकृया