Follow us:


Follow us

१४ असोज २०८३, बुधवार
१४ असोज २०८३, बुधवार


यसकारण बस्दैछ संघीय संसद्को दुवै सदनको संयुक्त बैठक

एक्सन खबर
जेठ, १४, २०८०


यसकारण बस्दैछ संघीय संसद्को दुवै सदनको संयुक्त बैठक

काठमाडौं, १४ जेठ । संघीय संसद्को दुवै सदनको संयुक्त बैठक आइतबार बस्दैछ । आज प्रतिनिधि सभा र राष्ट्रिय सभाका दुवै सदनका संयुक्त बैठक बस्न लागेकाे हाे ।

बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बोलाइएको बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल र पारित हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएकाे छ ।

संघीय संसद्को बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को मस्यौदा प्रतिवेदन संसदमा प्रस्तुत गर्ने संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले बताए ।

मस्यौदा प्रतिवेदनमाथि आएका संशोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिने र नियमावली पारित गर्ने कार्यसूची रहेको छ । यस्तै, आज दिउँसो प्रतिनिधि सभाको बैठक पनि बोलाइएको छ । दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु वर्षको आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेकाे छ ।

राष्ट्रिय सभाको बैठक पनि दिउँसो १ बजेर १ मिनेटमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ ।

प्रतिनिधि सभाले हिजाे शनिबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरिसकेको छ । भने, भाेली जेठ १५ गते बजेट ल्याउने छ । जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।













0 प्रतिकृया