Follow us:


Follow us

१५ असोज २०८३, बिहिवार
१५ असोज २०८३, बिहिवार


नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँड र रायमाझी सहित ३० जनाविरुद्ध मुद्दा

एक्सन खबर
जेठ, १०, २०८०


नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँड र रायमाझी सहित ३० जनाविरुद्ध मुद्दा

काठमाडौं, १० जेठ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा दर्ता गरेको छ । जिल्ला अदालत काठमाडौंमा दर्ता गरिएकाे मुद्दामा ३० जना प्रतिवादी विरुद्ध अभियोग पत्र दायर गरेको हो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी प्रकरणमा बुधबार सरकारी वकिलकाे कार्यालयले ३० जना प्रतिवादी विरुद्ध अभियोग पत्र दायर गरेको हो । ठगी, सरकारी कागजात कीर्ते, राष्ट्रहित विरुद्धको कसूर र संगठित अपराध मुद्दामा उनीहरुविरुद्ध कारबाही गर्न माग गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ ।

यो प्रकरणमा नेकपा एमाले नेता तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाँण, पूर्वसभासद आङटावा शेर्पा, गृह मन्त्रालयका तत्कालिन सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत ३० जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

मुद्दा दर्ता गरिएकामध्ये १६ जना पक्राउ परेका छन् भने १४ जना फरार छन् । फरारकाे सूचीमा रहेकाहरूमा काठमाडौंका ३० वर्षका केशव तुलाधर, ललितपुरकी ३२ वर्षीया लक्ष्मी महर्जन, ३४ वर्षीय हरिभक्त महर्जन, इटहरीका अशोक पोखरेल, मोरङका ३९ वर्षीय धिरेन राई, ललितपुर बस्ने दीपा हुमागाईं छन् ।

यस्तै, इन्द्रजित राईका छोरा निरज राई, ३० वर्षीय राजेश अर्याल, पाँचथरका ६० वर्षीय मोहनराज राई, काठमाडौंका २४ वर्षीय आशिष बुढाथोकी, मोरङकी ४० वर्षीया बिनिता सावदेन लिम्बू, रौतहटका ४२ वर्षीय निरन्जनकुमार खरेल, झापाका ३१ वर्षीय सुनिल बुढाथोकी र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक पनि फरार छन् ।













0 प्रतिकृया