Follow us:


Follow us

१५ असोज २०८३, बिहिवार
१५ असोज २०८३, बिहिवार


एमाले केन्द्रीय कमिटीमा आज समूहगत छलफल हुँदै

एक्सन खबर
बैशाख, २९, २०८०


एमाले केन्द्रीय कमिटीमा आज समूहगत छलफल हुँदै

काठमाडौं, २९ वैशाख । हिजाेदेखि जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आज प्रतिवेदनहरुमाथि समूहगत छलफल हुँदैछ । केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । यस्तै, चार निकाय र दुई गैरभौगोलिकसहित नौ प्रदेश कमिटीले मिसन ग्रासरुट अभियान सम्बन्धी प्रतिवेदन पेस गरेका थिए ।

महासचिव शंकर पोखरेलले आजकाे बैठकमा ती प्रतिवेदनहरुमाथि समूहगत छलफल सुरु हुने बताए । प्रतिवेदनहरुमाथि बिहान ८ देखि १२ बजेसम्म आठ समूहमा छलफल गर्ने कार्यतालिका छ ।

मिसन ग्रासरुट अभियानको निष्कर्षको आधारमा आगामी दिनमा कसरी कार्ययोजना बनाएर अघि बढ्ने भन्ने विषयमा समूहगत छलफल केन्द्रित हुने छ ।

समूहगत छलफलपछि प्रदेश अध्यक्षहरुले सुझावहरु प्रस्तुत गर्ने त्यसका लागि अध्यक्षहरुलाई १० मिनेटको समय उपलब्ध गराइएको छ । त्यसपछि आजै स्थायी कमिटीको बैठक बस्ने र प्रदेश अध्यक्षहरुबाट प्राप्त सुझावका आधारमा स्थायी कमिटी बैठकले आगामी कार्ययोजनाको प्रस्ताव तयार गर्नेछ ।

कार्ययोजनाको प्रस्ताव तयार पारिसकेपछि पुनः केन्द्रीय कमिटीको बैठकबाट कार्ययोजनाको प्रस्ताव पारित गरिने भनिएकाे छ । त्यसपछि समसामयिक प्रस्तावहरु पारित गरेर अध्यक्ष ओलीले बैठकलाई सम्बोधन गर्ने कार्यतालिका छ । भाेली केन्द्रीय समिति बैठक सम्पन्न गर्ने एमालेको कार्यतालिका रहेकाे छ ।














0 प्रतिकृया