Follow us:


Follow us

१५ असोज २०८३, बिहिवार
१५ असोज २०८३, बिहिवार


जसपाले आगामी असारमा विधान अधिवेशन गर्ने

एक्सन खबर
बैशाख, २८, २०८०


जसपाले आगामी असारमा विधान अधिवेशन गर्ने

काठमाडौं, २८ बैशाख । जनता समाजवादी पार्टीले आगामी असारमा विधान अधिवेशन गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बुधबार बसेको बैठकले पार्टीको विधान अधिवेशन आगामी असारको ९ देखि ११ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

यस्तै, बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा स्वतन्त्र तथा निष्पक्ष रुपमा छानबिन गर्न तथा दोषी देखिएकालाई कानुनी दायरामा ल्याउन सरकारसँग आग्रह गर्ने निर्णय गरेको जसपाका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

बैठकले संसदबाट दुईपटक पारित भइसकेको नागरिकता सम्बन्धि विधेयक अविलम्ब पारित गरी कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्ने, प्रदेश १ को नामकरणविरुद्ध जारी आन्दोलनमाथि भइरहेको दमन बन्द गरी पनः नामाङ्कनका लागि आन्दोलनकारी पक्षसँग वार्ताद्वारा समस्या समाधान गर्न सरकारलाई आग्रह गर्ने निर्णय पनि गरेको छट ।

साथै, बारा जिल्लाका रामकिशोर यादवलाई राजनीतिक समितिमा मनोनय गर्ने निर्णय भएको विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।













0 प्रतिकृया