Follow us:


Follow us

१५ असोज २०८३, बिहिवार
१५ असोज २०८३, बिहिवार


पूर्वगृहमन्त्री खाँण प्रकाउ, तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

एक्सन खबर
बैशाख, २७, २०८०


पूर्वगृहमन्त्री खाँण प्रकाउ, तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं, ७ वैशाख । पूर्वगृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रकाउ परेका छन् । बुधबार बिहान नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले पूर्वग्रहमन्त्री खाँडलाई निवासबाटै पक्राउ गरेकाे हाे ।

साथै, उनलाई जिल्ला अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पनि दिएकाे काठमाडौं सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले जानकारी दिए । खाँडसँगै उनका सहयोगी नरेन्द्र केसीलाई पनि पक्राउ गरिएकाे छ ।

न्यायाधीश उत्तम सिलुवालको एकल इजलासले खाँणलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । उनलाई जरूरी पक्राउ पुर्जी जारी गरेर प्रहरीले पक्राउ गरेको थियो ।

त्यसअघि जिल्ला प्रहरी परिसर काठमाडौं‌बाट उनलाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगिएको थियो । स्वास्थ्य परीक्षण गरेपछि प्रहरीले उनलाई जिल्ला अदालत काठमाडौं पेश गरिएकाे थियाे ।

प्रकरणमा यसअघि १२ जना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेहरूमा केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ, सन्दीप रायमाझी, इन्द्रजित राई, टेकनारायण पाण्डे, रामशरण केसी र गोविन्द चौधरीलाई पक्राउ गरिसकेकाे छ ।













0 प्रतिकृया