Follow us:


Follow us

११ असोज २०८३, आइतवार
११ असोज २०८३, आइतवार


‘स्टार्टअपको कुरा गर्दा टार्गेट खै त’ भगबती चौधरी (भिडियाे सहित)

एक्सन खबर
बैशाख, २५, २०८०


‘स्टार्टअपको कुरा गर्दा टार्गेट खै त’ भगबती चौधरी (भिडियाे सहित)

काठमाडौं, २५ चैत्र । सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा स्टार्टअप, साना उद्यमी, महिला उद्यमीका कुराहरु समेटेपनि टार्गेट नभएको बताएकी छन् । सोमबार बजेटको सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसद चौधरीले स्वरोजगारी सृजना गर्ने हो भने प्रदेश स्तरमै कार्यक्रम बनाउनु पर्ने बताइन् ।

‘किताबमा संगालेका कुराहरु राम्रा छन्, स्टार्टअपको कुरा गर्या छ, साना उद्यमीको कुरा गर्या छ, महिला उद्यमीको कुरा गर्या छ स्टार्टअपको कुरा गर्दा टार्गेट खै त ?’ स्वरोजगारकै कुरा गर्दा प्रदेशबाटै कार्यक्रम बनाइनु पर्ने पूर्वमन्त्री समेत रहेकी चौधरीले बताइन् ।

५/५ लाखको दरले सातै प्रदेशमा ४, ५ वर्षभित्र ३५ लाख सम्मलाई स्वरोगार बनाउन सकिने बताउँदै सांसद चौधरीले ग्रामिण अर्थतन्त्रलाई उकास्न जरुरी रहेको पनि बताइन् । ‘अहिलेको ग्रामिण अर्थतन्त्र खस्किएको छ । पैसाको चलायमान नहुँदा, व्यक्तिव्यक्तिसँग साना उद्यमीसँग पैसा छैन । इको सिष्टम चलायमान बनाउने विषय बजेटमा आउनुपर्छ । गरिब विपन्नमुखी भएन’ चौधरीले भनिन् ।



यस्तै, चौधरीले गरिबीको रेखामुनी भएका विपन्न नागरिकलाई उकास्न सरकारले विशेष ध्यान दिनुपर्ने बताउँदै बजेटले तीनै तहका सरकारले कार्यान्वयन गर्न सक्नेगरी ल्याउनु पर्ने बताइन् । संघ, प्रदेश र स्थानीय तहले गर्ने कामको मुल्यांङ्कन कसरी गर्ने ? विधेयकका सिद्धान्त र प्राथमिकतामा नदेखिएको पनि बताइन् । सांसद चौधरीले बजेट सैद्धान्तिक र व्यवहारिक हुनुपर्ने बताउँदै कार्यान्वयन तहमा पनि नियमन, अनुगमन हुनुपर्ने बताइन् ।

देशलाई संमृद्धिको दिशातर्फ लैजाने होभने विगतका सरकारले ल्याएका नीति कार्यक्रममा रहेका एक गाउँ एक उद्योग, एक स्वास्थ्य संस्था, शैक्षिक संस्था र रणनीतिक सडक र राष्ट्रिय गौरबका आयोजनाहरुलाई निरन्तरता दिनुपर्ने पनि बताइन् । साथै, पर्यटनलाई बलियो बनाउँदा देशको विकास गर्न सकिने, कृषिलाई बलियो बनाउन प्रदेश स्तरमै मल उद्योग हुनुपर्ने पनि उल्लेख गरिन् ।














0 प्रतिकृया