Follow us:


Follow us

१५ असोज २०८३, बिहिवार
१५ असोज २०८३, बिहिवार


राजनीतिमा स्थायी शान्ति अहिलेको अपरिहार्यताः पूर्वमन्त्री भगबती चाैधरी

एक्सन खबर
बैशाख, २२, २०८०


राजनीतिमा स्थायी शान्ति अहिलेको अपरिहार्यताः पूर्वमन्त्री भगबती चाैधरी

काठमाडाैं, २२ बैशाख । शान्ति विना समृद्धि कल्पना गर्न नसकिने भएकाले राजनीतिमा पनि स्थायी शान्ति चाहिएकाे नेकपा एमालेकी नेतृ पूर्वमन्त्री भगबती चाैधरीले बताएकी छन् । २५६७ औं बुद्ध जयन्तिको अवसरमा  शुभकामना सन्देश दिँदै प्रतिनिधि सभा सदस्य चाैधरीले उक्त कुरा बताएकी हुन् ।

‘शान्ति विना समृद्धि कल्पना पनि गर्न सकिन्न । राजनीतिमा स्थायी शान्ति अहिलेको अपरिहार्यता हो ।’ पूर्वमन्त्री चाैधरीले भनेकी छन् । तर, मुलुक दिन प्रतिदिन पुनः द्वन्द्वको चपेटामा परिरहेको बताउँदै उनले गौतम बुद्धले दिनुभएको अहिंसा, माया प्रेम र सद्भावको ज्ञानलाई अनुशरण गर्दै अगाडी बढ्नु जरुरी रहेकाे जनाएकी छन् । ‘अहिले प्रत्येक मानिस सामाजिक, आर्थिक, भौतिक, पारिवारिक, मानसिक द्वन्द्वमा रुमलिएको परिवेशमा भगवान गौतम बुद्धले दिनुभएको अहिंसा, माया प्रेम र सद्भावको ज्ञानलाई अनुशरण गर्दै अगाडी बढ्नु जरुरी छ ।’ २५६७ औं बुद्ध जयन्तिको अवसरमा सबैमा माया, प्रेम, सद्भाव र समभावको विकास होस भन्दै चाैधरीले शुभकामना दिएकी छन् ।

२५६७ औं बुद्ध जयन्तिको अवसरमा आज देशभर विविध कार्यक्रम गरि मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप बुद्ध जयन्ती मनाउने गरिएको हो ।













0 प्रतिकृया