Follow us:


Follow us

११ असोज २०८३, आइतवार
११ असोज २०८३, आइतवार


आपसी सद्भाव फैलाउन विरगञ्जमा ईद मिलन समारोह

एक्सन खबर
बैशाख, १६, २०८०


आपसी सद्भाव फैलाउन विरगञ्जमा ईद मिलन समारोह

पर्सा, १६ बैशाख । बिरगञ्जमा ईद मिलन समारोह भब्यताका साथ मनाइएको छ । मुस्लिम समाज पर्साद्वारा आयोजित ईद मिलन समारोहको प्रमुख अतिथि नेकपा एमालेका महासचिव इश्वर पोखरेल रहेका थिए ।

सो अबसरमा बोल्दै एमाले महासचिव पोखरेलले समाजमा शान्ति, स्थीरता, सुशासन र सदाचार कायम गर्न धार्मिक सहिष्णुता अपरिहार्य भएको बताउँदै नेपाल बहुजाति, भाषा, धर्मको साझा फुलवारीको रुपमा रहेको र अनन्तकालसम्म रहिरहने बताए । नेपालको सामाजिक सद्भाव भड्काउने कसैको प्रयास सफल नहुने बताउँदै समुन्नत समाज निर्माणमा सबै धर्म र समुदायको भूमिका महत्वपूर्ण हुने चर्चा गर्दै ईस्लाम धर्मको सारसँगै सबै धर्मको सार एकै रहेको पनि बताए ।

जुनसुकै भूगोलमा बसेपनि सबै जाति, धर्म, भाषा, संस्कृति, सम्प्रदाय र समुदाय विच ईद मिलन समारोहले एकताको सुत्रमा बाँध्न सफल भएको कार्यक्रमका सभापति बसरुद्धिन अन्सारीले बताए । सामाजिक, सांस्कृतिक, धार्मिक सहिष्णुता कायम गर्दै समाजलाई एकताको सुत्रमा बाँध्नका लागि कार्यक्रम आयोजना गरिएको बताउँदै मुस्लिम अगुवा नेता समेत रहेका अन्सारीले नेपालमा रहने सबै वर्ग,समुदाय र क्षेत्रको विचार नेपाल र नेपालीको सर्वोत्तम हितका लागि हुनु पर्ने बताए ।

कार्यक्रममा विरगञ्जका समाजसेवी, राजनीतिक दलका नेता, प्रदेश तथा प्रतिनिधि सभाका सांसदहरु, भारतीय महावाणिज्य दुतावासका प्रतिनिधि, स्थानीय निकाय, जिल्लाका प्रहरी प्रशासनका प्रमुख लगायत समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले धर्म, संस्कृति र परम्पराहरु समाज र राष्ट्रको गहना भएकाले तीनको संरक्षण गर्दै सामाजिक भाइचारा, मित्रता कायम गर्दै शिष्ट र समुन्नत समाज निर्माणमा एक हुन आब्हान गरेका थिए ।


















0 प्रतिकृया