Follow us:


Follow us

१६ असोज २०८३, शुक्रवार
१६ असोज २०८३, शुक्रवार


११० दिन चलेर अन्त्य भयाे संसद्को हिउँदे अधिवेशन

एक्सन खबर
बैशाख, १६, २०८०


११० दिन चलेर अन्त्य भयाे संसद्को हिउँदे अधिवेशन

काठमाडौँ । ०७९ मंसिर ४ गतेकाे निर्वाचन पछि बनेकाे नयाँ संसद ११० दिन चलेपनि एउटै कानुन नबनाइ अन्त्य भएकाे छ । गएराती १२ बजेपछि  संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य भएकाे हाे ।

मन्त्रिपरिषद्को सिफारिसमा कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गर्दा प्रतिनिधि सभाले ८ वटा विधेयक मात्र दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।

तीन वटा कानुन प्रतिनिधि सभामा पेस भए । पाँच वटा विधेयक राष्ट्रिय सभामा छलफल भई संशोधन भएर प्रतिनिधि सभामा आएका थिए । राष्ट्रिय सभामा १३ औं अधिवेशन अन्तर्गत हिउँदे अधिवेशनमा १९  बैठक बस्दा प्रतिनिधि सभामा २८ बैठक बसेको छ ।

 शुक्रबार संसदकाे अन्तिम दिन मात्र संसदीय समितिहरू गठन भए । प्रतिनिधि सभाले आफ्नो नियमावली निर्माण गर्नेबाहेक कुनै काम अधिवेशनमा गर्न सकेन । जेठ १५ मा बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था अनुसार त्यसअघि बजेट तयारीबारे संसदमा छलफल हुने गर्दछ ।













0 प्रतिकृया