Follow us:


Follow us

१५ असोज २०८३, बिहिवार
१५ असोज २०८३, बिहिवार


‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन’ मेयर बालेन शाह

एक्सन खबर
चैत, २५, २०७९


‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन’ मेयर बालेन शाह

काठमाडाैं, २५ चैत्र । काठमाडाैंका खाेला किनाराका सार्वजनिक जग्गा कब्जा गरी अब्यवस्थित बस्ती बसालेका सुकुम्बासीहरूलाई उठाउन सरकारले सहयाेग नगरेपछि काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारकाे फाेहर नउठाउने बताएका छन् ।

मेयर बालेन शाहले सामाजिक सञ्जालमा लेख्दै राजनीतिक दलको नेतृत्व प्रति असन्तुष्टि जनाउँदै आजबाट सिंहदरबारको फोहोर नउठ्ने बताएका हुन् । ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन’, उनले फेसबुकमा लेखेका छन्, ‘साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’

मेयर बालेन शाहकाे टिप्पणीप्रति अधिकांशले साथ दिएका छन् । काठमाडाैं, भक्तपुर र ललितपुर तीनै जिल्लाकाे फाेहर समेत उठाएर सिंहदरबारमा फ्याक्नुपर्ने समेत कमेन्टहरू गरिएका छन् ।  

हिजाे शुक्रबार महानगरले गैरिधारा बागमति क्षेत्रका सुकुम्बासीलाई उठाउने तयारी गरेकाेमा प्रहरी प्रशासनले असहयाेग गरेकाेमा बालेन असन्तुष्ठ थिए ।














0 प्रतिकृया