Follow us:


Follow us

१५ असोज २०८३, बिहिवार
१५ असोज २०८३, बिहिवार


प्रतिनिधि सभा बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची

एक्सन खबर
चैत, २३, २०७९


प्रतिनिधि सभा बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची

काठमाडौं, २३ चैत्र । प्रतिनिधि सभा बैठक आज बस्दैछ । संघीय संसद सचिवालयले बैठक दिउँसो १ बजे बस्ने जनाएको छ ।

आजको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक २०७८ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७८ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेकाे संसद सचिवालयले जनाएकाे छ ।

यस्तै आजकाे बैठकबाट सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूलाई मनोनीत गर्ने सम्भावित कार्यसूची समेत राखिएकाे छ । भने, प्रधानमन्त्री प्रचण्डले लोक सेवा आयोगको ६३ औं वार्षिक प्रतिवेदन पनि पेस गर्ने सूचि छ ।













0 प्रतिकृया