Follow us:


Follow us

१५ असोज २०८३, बिहिवार
१५ असोज २०८३, बिहिवार


सत्तारूढकाे बैठक निष्कर्ष विहिन, भागवण्डा मिलेन

एक्सन खबर
चैत, १४, २०७९


सत्तारूढकाे बैठक निष्कर्ष विहिन, भागवण्डा मिलेन

काठमाडाैं, १४ चैत्र ।मन्त्रालय भागवण्डामा सत्ता साझेदार दलहरू विच असहमति बढेकाे छ । सत्ता गठबन्धन दलहरूविच मन्त्रालयको भागवण्डामा सहमति गर्न बसेकाे बैठक निष्कर्ष विहिन भएकाे हाे ।

प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बसेकाे १० दलकाे बैठक निष्कर्षविहीन बनेको छ । बैठक बुधबार बिहान ९ बजे पुनः बसेर सहमति जुटाउन प्रयास गरिने भनिएकाे छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् पुनर्गठनका लागि लगातार गठबन्धन दलहरूमा छलफल गर्दै आए पनि सहमति जुट्न सकेकाे छैन । मंगलबार बिहान प्रचण्डले एकीकृत समाजवादीका नेताहरुसँग छलफल गरेका थिए । उक्त छलफलमा समाजवादीले तीन वटा मन्त्रालय पाउनुपर्ने अडान राखेकोमा प्रचण्डले दुई वटा भन्दा बढी दिन नसकिने बताएका थिए ।

संसदकाे ठूलाे दल नेपाली कांग्रेसले आठ मन्त्रालय दावि गरिरहेकाे छ । तर, मन्त्रालयमा सहमति जुट्न सकेको छैन । जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत सहित स्वतन्त्रले पाउने मन्त्रालयमा पनि सहमति जुट्न सकिरहेकाे छैन ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले दोस्रो पटक विश्वासको मत लिएको एक साता बित्दा पनि सरकारलाई पूर्णता दिन सकेका छैनन् । चैत ६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिएकै दिन प्रधानमन्त्रीले चार दिन (चैत १०) भित्रै सरकारलाई पूर्णता दिने बताएका थिए ।

सरकारले पूर्णता नपाउँदा प्रधानमन्त्री एक्लैले १६ वटा मन्त्रालयकाे जिम्मेवारी लिइरहेका छन् ।













0 प्रतिकृया