Follow us:


Follow us

१० असोज २०८३, शनिवार
१० असोज २०८३, शनिवार


ललितपुरको नः वहालमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
चैत, १३, २०७९


ललितपुरको नः वहालमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, १३ चैत्र । ललितपुरको नः वहालमा काठमाडौं मेडिकल कलेजले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । आज ललितपुर महानगरपालिका वडा नं. १९ स्थित ज्वेल्स बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ६५१ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ ।

स्वास्थ्य शिविरमा ८७ जनाको इसिजी, १०५ जनाको ल्याब परीक्षण, ९७ जनाको भिडियो एक्सरे गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । स्वास्थ्य शिविरमा ७ जनाको दाँत खोलिएको तथा २२ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ । शिविरमा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा विपन्न समुदायका नागरिकले स्वास्थ्य सेवा लिएका छन् ।

स्वास्थ्य शिविरमा केएमसीका विशेषज्ञ चिकित्सकहरुले नाक कान घाँटी, आँखा रोग, दन्त रोग, बाल रोग, स्त्री रोग, जनरल मेडिसिन, नसा तथा हाडजोर्नी लगायतको स्वास्थ्य जाँच गरेका थिए । अस्पतालले घरदैलोमै आएर निःशुल्क स्वास्थ्य जाँच गरी आवश्यक स्वास्थ्य परामर्श समेत दिएकोमा स्वास्थ्य शिविरमा सहभागी भएकाहरुले केएमसीलाई धन्यवाद पनि दिए ।

केएमसीका तत्कालिन कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले २ वर्षअघी निःशुल्क स्वास्थ्य शिविरको अभियान थालनी गरेका थिए । केएमसीको गुणस्तरीय स्वास्थ्य सेवालाई आम नागरिक माझ पुर्याउनका लागि निःशुल्क स्वास्थ्य अभियान थालिएकोमा त्यसबाट हज्जारौं गरिब, विपन्न नागरिक सँगै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक लाभान्वित भइरहेका छन् ।














0 प्रतिकृया