Follow us:


Follow us

११ असोज २०८३, आइतवार
११ असोज २०८३, आइतवार


जुनै क्षेत्रमा भएपनि रोल मोडल बन्न भगबती चौधरीको सुझाव

एक्सन खबर
चैत, ५, २०७९


जुनै क्षेत्रमा भएपनि रोल मोडल बन्न भगबती चौधरीको सुझाव

काठमाडौं, ५ चैत्र । २१ औं शताब्दी टेक्नोलोजीको आजको प्रतिस्पर्धात्मक युग भएकोले त्यसमा प्रतिष्पर्धा गर्न सक्ने जनशक्ति नै सफल बन्ने पूर्वमन्त्री तथा नेकपा एमालेकी संघीय सांसद भगबती चौधरीले बताएकी छिन् । राजधानीमा आयोजित एन प्लस प्रोफेसनल मिस एण्ड मिसेस ब्युटिफुल नेपालको ग्रान्ड फिनालेमा सहभागी हुँदै निवर्तमान महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चौधरीले शारीरिक सुन्दरता र बौद्धिक सुन्दरतासँगै अब डिजिटल सुन्दरताको पनि जरुरत भएको बताइन् ।

कार्यक्रमकी प्रमुख अतिथि रहेकी महिला अधिकारवादी नेतृ चौधरीले भनिन्-‘तपाईसँग सुन्दरता छ, ज्ञान छ तर, त्यसलाई निखार ल्याउन, विश्वसामु परिचित गराउन सूचना र प्रविधिसँग जोडिनै पर्छ । एक क्लिक गर्दा विश्व हाम्रो हातमा आइपर्छ भने त्यस्तो टेक्नोलोजीसँग जोडिएनौँ भने जस्तोसुकै बौद्धिक तथा शारीरिक सुन्दरताको अर्थ रहन्न ।’

कुनैपनि क्षेत्रमा, व्यवसायमा इमान्दारिता, नैतिकता, पारदर्शिता र स्मार्ट हुन जरुरी रहेको बताउँदै चौधरीले हरेक क्षेत्रमा रोड मोडल बनेर अगाडि बढ्दा सफलता हासिल गर्ने बताइन् । ‘तपाई सामाजिक, आर्थिक, राजनीतिक, पेशा व्यवसाय जुनसुकै क्षेत्रमा भएपनि रोलमोडल बन्न सक्नुपर्छ । अनिमात्रै तपाईँलाई सफलता हात पर्छ तर, त्यसका लागि इमान्दारिता, नैतिकता, पारदर्शिता, लगनशीलता अपरिहार्य छ ।’ सौन्दर्य क्षेत्रबाट पनि मुलुक र समाजको विकासमा योगदान दिन सकिने चर्चा गर्दै सफल व्यक्ति बन्न कडा मेहनत गर्न चौधरीले सल्लाह दिइन् ।

मोडल भन्ने बित्तिकै ग्ल्यामर क्षेत्र हो भन्ने सोच राख्न नहुने भन्दै मोडलको अर्थ अरु भन्दा फरक, अनुकरण गर्न लायकका रुपमा परिभाषित गरिनुपर्ने पनि महिला अधिकारवादी, आर्थिक सशक्तिकरणको अभियन्ता समेत रहेकी नेतृ चौधरीले बताइन् ।

दक्ष इन्टरनेसनलको आयोजनामा भएको ‘एन प्लस प्रोफेसनल मिस ब्युटिफुल नेपाल’को ताज काठमाडौँकी सुदीक्षा वज्राचार्यले हात पार्दा मिसेस ब्युटिफुलको उपाधि भने पर्वतकी उषा हमालले प्राप्त गरिन् ।

मिस ब्युटिफुलको विजेता वज्राचार्यले मस्ट पंक्चुअल र मस्ट ट्यालेन्ट टाइटल समेत जित्न सफल भइन । मिसेस ब्युटिफुल घोषित हमालले मस्ट पपुलर र वेस्ट पर्सनालिटी पनि प्राप्त गरिन् । प्रतियोगितामा मिसतर्फ सन्तोषी रावल फस्ट रनर अप सहित मस्ट पपुलर तथा वेस्ट हेयर, विष्णु गुरुङ्ग सेकेण्ड रनर अप तथा वेस्ट डान्सर, आर्जू खड्का थर्ड रनर अप तथा वेस्ट स्किन घोषित भए ।

यस्तै, माया बुढाथोकी भ्यूवर च्वाईस तथा वेस्ट स्माईल, सृष्टि ढकाल वेस्ट पर्सानिलिटी तथा वेस्ट र्याम्प वक, ज्योती गिरी वेस्ट मल्टिमिडिया च्वाईस अवार्ड तथा वेस्ट स्पिच, विपना भट्टराई वेस्ट फोटोजेनिक, समिक्षा राई मस्ट डिसिप्लिन घोषित भए ।

यता, मिसेस ब्युटिफुल तर्फ फस्ट रनर अप तथा मस्ट पंक्चुअल सुनिता पहाङ्गो लिम्बु हुँदा सेकेण्ड रनर अप तथा मस्ट पपुल, वेस्ट र्याम्प वाक र मल्टिमिडिया च्वाईस अवार्ड माया लामाले प्राप्त गरिन् । भ्यूवर च्वाईस र वेस्ट स्किन अवार्ड विद्या श्रेष्ठ, मस्ट फोटोजेनिक र वेस्ट सिगंर नुमा शेर्पा, मस्ट ट्यालेन्ट अनुराधा पाठक घोषित भए ।

प्रतियोगिताका विजयीहरुलाई प्रमुख अतिथि पूर्वमन्त्री भगबती चौधरी, कोशी प्रदेशकी सांसद मिना श्रेष्ठ लगायतले एवार्ड तथा पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको निर्णायकहरुमा मिडिया व्यबसायी हरिशरण सुवेदी, नायक रमेश उप्रेती, नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महाप्रबन्धक राजकुमार क्षेत्री, गायिका जुनु रिजाल, डा.श्याम महर्जन, शिक्षाविद् छविलाल पाण्डे तथा इभेन्ट डाईरेक्टर निशुकान्त झा थिए ।

प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा प्रतिष्पर्धा गर्न पाउने, चलचित्र, म्युजिक भिडियो, खेल्न पाउने आयोजक तथा मेकअप आर्टिष्ट टेकराज पाण्डेले बताए ।

















0 प्रतिकृया