Follow us:


Follow us

१६ असोज २०८३, शुक्रवार
१६ असोज २०८३, शुक्रवार


काेशी प्रदेश खारेजीकाे माग गर्दै भएकाे प्रदर्शनमा अश्रुग्यास प्रहार र हवाई फायर

एक्सन खबर
चैत, ५, २०७९


काेशी प्रदेश खारेजीकाे माग गर्दै भएकाे प्रदर्शनमा अश्रुग्यास प्रहार र हवाई फायर

माेरङ, ५ चैत्र । काेशी प्रदेशकाे पुनः नामाकरण गरिनुपर्ने भन्दै विराटनगरमा आइतबार भएकाे प्रदशर्नमा अश्रुग्याँस र हवाई फायर गर्नु परेकाे छ । कोशी प्रदेशको नामकरणप्रति असन्तुष्टि जनाउँदै पुन: नामकरणको माग गर्दै भएकाे प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार र हवाई फायर गरेको हाे ।

प्रदेश नं १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको आयोजनामा प्रदर्शनकारीहरू निषेधित क्षेत्रमा जान खाेजेपछि प्रहरीले अश्रुग्याँस र हवाइ फायर गरेकाे हाे । प्रदेशकाे राजधानी विराटनगर महेन्द्र चोकबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय छेउ रोडशेषमा पुगेका प्रदर्शनकारीहरूलाई राेक्न प्रहरीले बल प्रयाेग गरेकाे हाे ।

जिल्ला प्रशासन कार्यालयले मुख्यमन्त्री कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको थियो । निषेधित क्षेत्रमा प्रदर्शनकारी जान खोजेपछि अश्रुग्यास प्रहार गरिएको प्रहरीले बताएको छ । प्रहरीले केही राउण्ड हवाई फायर समेत गरेको प्रदर्शनमा सहभागीले बताएका छन्।

फागुन १७ गते प्रदेश सभाको दुई तिहाइ मतले प्रदेशको नाम कोशी राखेकोमा पहिचानवादी दल, संघ संगठनहरूले विराेध जनाउँदै प्रदर्शनमा उत्रिएका हुन् । 'कोशी प्रदेश' नामांकनको विरोधमा प्रदेशसहित संघीय राजधानी काठमाडौंमा पनि प्रदर्शन भइरहेकाे छ ।

















0 प्रतिकृया