Follow us:


Follow us

१५ असोज २०८३, बिहिवार
१५ असोज २०८३, बिहिवार


रामसहायकाे उम्मेदवारी खारेजीकाे माग गर्दै एमाले र जनमतकाे उजुरी

एक्सन खबर
फागुन, २७, २०७९


रामसहायकाे उम्मेदवारी खारेजीकाे माग गर्दै एमाले र जनमतकाे उजुरी

काठमाडौं, २७ फागुन । नेकपा एमाले र जनमत पार्टीले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवविरुद्ध उजुरी दिएका छन् । संविधानले राष्ट्रपति र उपराष्ट्रपति फरक समुदाय वा लिंगबाट हुनुपर्ने व्यवस्था गरेको भन्दै एमाले र जनमतले उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुन नसक्ने भन्दै उजुरी दिएको हो । राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेपछि उपराष्ट्रपति पुरूष भन्दा फरक लिंगकाे हुनुपर्ने दावी छ ।

संघीय संसद भवनस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनकाे कार्यालयमा एमाले सांसद महेशकुमार बर्तौलाले उजुरी बुझाएका छन् ।
 
दर्ता गरिएकाे उजुरीमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा १६(५) ले उपराष्ट्रपतिको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति निर्वाचित व्यक्ति जुन लिंग वा समुदायको हो सो भन्दा फरक लिंग वा समुदायको व्यक्ति मनोनयन गर्नुपर्ने व्यवस्था गरेको उल्लेख छ ।

‘नयाँ संविधानको व्यवस्था तथा आयोगको निर्णयविपरीत तथा विगतको दुबै निर्वाचनमा स्थापित अभ्यास र संविधानको व्यवस्थालाई बेवास्ता गरी श्री रामसहाय प्रसाद यादवको उम्मेदवारी परेकाले पुरुषबाहेक महिलाहरु अयोग्य र असक्षम हुन्छन् भन्ने मान्यतालाई बलपूर्वक स्थापित गर्ने हुँदा उल्लिखित संवैधानिक र कानुनी व्यवस्था तथा निर्वाचन आयोगको मिति २०७९/११/२६ को निर्णय र सो आधारमा जारी निर्देशनसमेतको विरुद्धमा हुँदा वहाँको उम्मेदवारी खारेज गरिपाउँ’ उजुरीमा भनिएको छ ।














0 प्रतिकृया