Follow us:


Follow us

१५ असोज २०८३, बिहिवार
१५ असोज २०८३, बिहिवार


भृकुटीमण्डपको जग्गा प्रकरणः पूर्वमन्त्रीलाई ९ वर्ष कैद, सांसद गुरुङलाई जरिवाना

एक्सन खबर
फागुन, २५, २०७९


भृकुटीमण्डपको जग्गा प्रकरणः पूर्वमन्त्रीलाई ९ वर्ष कैद, सांसद गुरुङलाई जरिवाना

काठमाडौं, २५ फागुन । भृकुटीमण्डपको जग्गा भाडामा समाज कल्याण परिषद्लाई २० करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतले पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेसहित ७ जनालाई कैद र जरिवानाको फैसला गरेको छ । प्रकरणमा पूर्वमन्त्री टेकबहादुर गुरुङलाई मतियार ठहर गर्दै १ करोड २१ लाख, ८४ हजार ४०१ रुपैयाँ ८० पैसा जरिवाना सजाय फैसला गरेकाे छ ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्यहरु शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गत फागुन १६ मा भृकुटीमण्डपको जग्गामा भ्रष्टाचार भएको ठहर गरेकोमा प्रकरणमा संलग्नहरुलाई बिहीबार सजाय निर्धारण गरिएको हो ।

विशेष अदालतले पूर्व समाजकल्याणमन्त्री बद्रीप्रसाद न्यौपानेलाई ९ वर्ष कैद र २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा जरिवाना, २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा नै बिगो र थप ६ महिना कैद सजाय निर्धारण गरेकाे विशेष अदालतका उपरजिस्ट्रार नारदप्रसाद भट्टराईले जानकारी दिए । त्यस्तै, पूर्वमन्त्री टेकबहादुर गुरुङलाई भने मतियार ठहर गर्दै १ करोड २१ लाख, ८४ हजार ४०१ रुपैयाँ ८० पैसा जरिवानाको सजाय निर्धारण भएको छ ।

विशेष अदालतले समाजकल्याण परिषदका तत्कालिन उपाध्यक्ष प्रमोद मेहता, तत्कालिन कोषाध्यक्ष कुञ्जविहारीप्रसाद चौधरी, तत्कालिन सदस्यहरु हरि न्यौपाने, मोहनराज शर्मा, मदनकुमार लाल कर्ण र तत्कालिन सदस्य सचिव रवीन्द्र कुमारलाई पनि कैद र जरिवानाको सजाय निर्धारण गरेको छ ।

तत्कालिन उपाध्यक्ष मेहतालाई ८ वर्ष कैद २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा जरिवाना र २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा बिगो र थप ६ महिना जरिवाना हुने फैसला गरेको छ । भने, चौधरीलाई २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा जरिवाना, २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा बिगोको फैसला गरिएको छ ।

न्यौपानेलाई ८ वर्ष कैद, २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा जरिवाना र त्यति नै बिगो तोकिँदा शर्मा, कर्ण र कुमारलाई पनि ८ वर्ष कैदका साथै २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा जरिवाना र त्यति नै बिगो रकम तोकिएको छ । कुमारलाई थप ६ महिना कैद गरिने पनि उल्लेख गरिएको छ ।

काठमाडौं फनपार्कका सञ्चालक रवीन्द्र गुरुङलाइ २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा जरिवाना र त्यति नै बिगो असुल गर्ने फैसला भएको छ ।













0 प्रतिकृया