Follow us:


Follow us

१५ असोज २०८३, बिहिवार
१५ असोज २०८३, बिहिवार


प्रधानमन्त्री प्रचण्ड विरूद्धकाे मुद्दाकाे पहिलाे सुनुवाइ आज

एक्सन खबर
फागुन, २५, २०७९


प्रधानमन्त्री प्रचण्ड विरूद्धकाे मुद्दाकाे पहिलाे सुनुवाइ आज

काठमाडाैं, २५ फागुन । जनयुद्धमा मृत्यु भएका ५ हजारकाे जिम्मा लिने अभिव्यक्ति दिएर विवादमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको मुद्दाको पहिलो सुनवाइ आज हुँदैछ । गत मंगलबार माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालमाथि गत मंगलबार पाँच हजार जनाको हत्या गरेको भन्दै मुद्दा दायर भएकोमा आज त्यसमाथि पहिलाे सुनुवाइ हुन लागेको हो ।

२०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित माघी महाेत्सवमा प्रचण्डले सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए ।

सोही अभिव्यक्तिलाई लिएर अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले गत मंगलबार दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुन लागेको हो । माओवादीहरूले भने यो विषय सत्य निरुपण तथा मेलमिलाप आयोगले हेरिरहेको भन्दै नियमित अदालतले हेर्न नमिल्ने बताउँदै आएका छन् ।

सुरुमा सर्वोच्च प्रशासनले राजनीतिक अभिव्यक्तिमा टेकेर पेश भएको निवेदन दर्ता हुन नसक्ने भन्दै दरपीठ गरेकोमा निवेदकहरू पुनः अदालत गएका थिए । त्यसपछि न्यायाधीश ईश्वर खतिवडा र हरि फुयालको संयुक्त इजलासले शुक्रबार रिट दर्ता गर्न आदेश दिएको थियो । सोही आदेशअनुसार फागुन २३ गते कानुन व्यवसायीहरुले रिट दर्ता गराएका थिए ।

यसैबीच सरकारले आजै सत्य निरुपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक प्रतिनिधिसभामा दर्ता गर्ने निर्णय गरेको छ । आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त विधेयक आजै प्रतिनिधिसभामा दर्ता गर्ने निर्णय गरेको हो ।













0 प्रतिकृया