Follow us:


Follow us

१५ असोज २०८३, बिहिवार
१५ असोज २०८३, बिहिवार


हाेली समाजलाई एकताबद्ध गराउने पर्वः भगबती चाैधरी

एक्सन खबर
फागुन, २२, २०७९


हाेली समाजलाई एकताबद्ध गराउने पर्वः भगबती चाैधरी

काठमाडाैं, २२ फागुन । रंगहरुको पर्व होली सामाजिक, सांस्कृतिक, पौराणिक, धर्म, संस्कार र संस्कृतिलाई एकताबद्ध गर्ने महत्वपूर्ण पर्व रहेकाे नेकपा एमालेकी नेतृ भगबती चाैधरीले बताएकी छन् । आज फागुपिर्णमाकाे अवसरमा शुभकामना दिँदै पूर्वमन्त्री समेत रहेकी नेतृ चाैधरीले होली सामाजिक एकता, भातृत्व तथा मित्रता कायम गर्न महत्वपूर्ण सेतू पनि रहेकाे बताएकी छन् ।

 ‘रङ्गैरङ्गहरुको पर्वका रुपमा मनाईने भएकाले होली सामाजिक एकता, भातृत्व तथा मित्रता कायम गर्न महत्वपूर्ण सेतू पनि हो ।’ समाजमा आपसी सद्भाव, सहिष्णुता, प्रेम र भाइचारा कायम गर्दै ‘सुखी नेपाली, समृद्ध नेपाल’ निर्माणको अभियानमा लाग्नु आजको आवश्यक्ता रहेकाे जिकिर गर्दै चाैधरीले भनेकी छन् ।

उनले धर्म, संस्कृति र परम्परा राष्ट्रकाे गहना भएकाे उल्लेख गर्दै यिनको संरक्षण, प्रर्वद्धन र संबर्द्धन गर्नु राज्यको मात्र हैन आम नागरिकको पनि दायित्व रहेकाे जनाएकी छन् । राज्यले सबै धर्म, समुदाय, संस्कार संस्कृति प्रति समभाव प्रकट गर्दै त्यसलाई राष्ट्रियता र राष्ट्रिय एकताको सुत्रमा बाँधेर अगाडी बढ्नु पर्ने चाैधरीकाे भनाइ छ ।

पछिल्लो समय होली पर्व मनाउने क्रममा देखिएका विक्रिति विसंगती न्यूनिकरण गर्दै सभ्य र शिष्ट तरिकाले होली मनाउन हामी सबैको भूमिका रहनुपर्ने उल्लेख गर्दै चाैधरीले खासगरी युवा पुस्ता, टिनएजरहरुमा चाडपर्व मनाउने नाममा जवरजस्ती होली (रंगहरु) लगाई दिने, लोला हान्ने, मादक पदार्थ सेवन गरी उच्छृंखल गतिविधि गर्ने क्रम देखिएकोमा चिन्ता व्यक्त गरेकी छन् । ‘चाडपर्व मनाउँनु पर्छ तर, कसैलाई हानी नगर्ने तवरले । सभ्य र सूसंस्कृत भावमा मनाउने होलीले समाजमा सकारात्मक विचारको प्रवाह गर्दछ ।’ चाैधरीले भनेकी छन् ।













0 प्रतिकृया