प्रदेश १ को नाम कोसी राख्नु पहिचान विरोधी कदम: राजन केसी
एक्सन खबर
काठमाडौं, २० फागुन । जनता समाजवादी पार्टी, नेपालका राजनीतिक समिति सदस्य राजन केसीले प्रदेश १ को नाम कोसी राखेकोप्रति आपत्ति जनाएका छन् । पछिल्लो विश्व राजनीति पहिचानमा केन्द्रित भइरहेको बेला नदीको नाममा प्रदेशको नाम राखेको भन्दै उनले बिरोध जनाएका हुन् ।
तत्कालिन अवस्थामा देशको सातवटा प्रदेशमध्ये सबैभन्दा पहिला नामकरण भएको कर्णाली प्रदेशको नाम खसान हुनुपर्छ भन्ने मान्यता राखेका केसीले त्यसबाट अन्य प्रदेशले पाठ सिकेर पहिचानको प्रदेशमा भूमिका खेल्नुपर्नेमा काङ्ग्रेस एमालेका कारण पहिचानमा आधारित प्रदेश नबनेको बताए ।
तत्कालिन प्रदेश नं २ मा जसपाको नेतृत्व भएको कारण पहिचानमा आधारित मधेस प्रदेश नामकरण सम्भव भएको समेत उनले बताए । प्रदेश १ को नाम लिम्बुवान किरात शेर्पालुङ हुनुपर्छ भन्ने धारणा राख्दै आएका केसीले कोसी प्रदेश नामकरण भएपछि त्यहाँ आन्दोलनको आधीबेहरी ल्याउनुपर्ने बताएका छन् ।
0 प्रतिकृया