Follow us:


Follow us

१५ असोज २०८३, बिहिवार
१५ असोज २०८३, बिहिवार


राष्ट्रपतिका उम्मेदवार नेम्वाङको पक्षमा मतदान गर्न एमालेकाे आग्रह

एक्सन खबर
फागुन, २०, २०७९


राष्ट्रपतिका उम्मेदवार नेम्वाङको पक्षमा मतदान गर्न एमालेकाे आग्रह

काठमाडौं, १९ फागुन । नेकपा (एमाले) ले विभिन्न राजनीतिक दलहरूसँग भेट गरी राष्ट्रपतिको निर्वाचनमा पार्टीका उम्मेदवार सुवासचन्द्र नेम्वाङको पक्षमा मतदानका लागि आग्रह गरेको छ ।

राष्ट्रपतिका लागि उम्मेदवारी मनोनयनसँगै सबै राजनीतिक दलहरूलाई पत्र पठाई सहयोगका लागि आग्रह गरेको नेकपा (एमाले) ले निर्वाचन मिति नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलका नेताहरूलाई भेटी नेम्वाङको पक्षमा मतदान गर्न आग्रह गरेको हो ।

यसक्रममा पार्टीका उपाध्यक्ष तथा राष्ट्रपतिका उम्मेदवार नेम्वाङले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट गरी आफूलाई मतदान गर्न र गराउन आग्रह गरे । उनका साथमा रहेका पार्टीका सचिव योगेश भट्टराईले प्रधानमन्त्रीसँगको वार्ता सकारात्मक भएको बताए ।

यसैगरी नेकपा (एमाले) का नेताहरूले राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजावादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीसँग पनि ति पार्टीका कार्यालयमा पुगेर नेताहरूसँग भेट गरी नेम्वाङको पक्षमा मतदानका लागि आग्रह गरे ।

राष्ट्रपतिका उम्मेदवार नेम्वाङसहित पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव योगेश भट्टराई, पोलिटब्यूरो सदस्य ठाकुर गैरे, केन्द्रीय सदस्य भगबती चाैधरीसहित नेताहरूले लोसपाका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र जनमत पार्टीका अध्यक्ष सिके राउतसँग भेटी राष्ट्रपतिका उम्मेदवार नेम्वाङको पक्षमा मत मागेका छन् ।

ती भेटहरूमा राष्ट्रपतिका उम्मेदवार नेम्वाङ राष्ट्रपतिका याेग्य उम्मेदवार भएकाे चर्चा भयाे । महन्थ ठाकुर, रेशम चाैधरी, सिके राउत, रबि लामिछाने, राजेन्द्र लिङ्देनले सुवास नेम्वाङले नेपालकाे संविधान, लाेकतन्त्र, नयाँ संविधान निर्माणमा महत्वपूर्ण भूमिका निभाएकाे चर्चा गर्दै विजयकाे शुभकामना पनि दिए ।















0 प्रतिकृया