Follow us:


Follow us

१६ असोज २०८३, शुक्रवार
१६ असोज २०८३, शुक्रवार


नेपाली उत्पादनलाई निर्यातमुखी बनाउन आधुनिकीकरण गरौंः मन्त्री भगबती चौधरी

एक्सन खबर
फागुन, ३, २०७९


नेपाली उत्पादनलाई निर्यातमुखी बनाउन आधुनिकीकरण गरौंः मन्त्री भगबती चौधरी

काठमाडौं, ३ फागुन । स्वदेशी उत्पादनलाई आधुनिकीकरण गर्दै निर्यातमुखी बनाएर आयातलाई विस्थापन गर्नुपर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बताएकी छिन् । ‘आठौं बृहत राष्ट्रिय छाला जुत्ता तथा बस्तु प्रदर्शनी–२०७९’ को भृकुटीमण्डपमा उद्घाटन गर्दै मन्त्री चौधरीले स्वदेशी छालाजुत्ता उत्पादनलाई प्रवद्र्धन गर्नका लागि सरकार प्रतिबद्ध रहेको जनाउँदै स्वदेशी उत्पादनहरुलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउन क्वालिटी बढाउन पनि अनुरोध गरिन् ।

धरासायी हुँदै गएको अर्थतन्त्रलाई गतिशिल बनाउन तथा मुलुकलाई आत्मनिर्भर बनाउन स्वदेशी उत्पादनहरु बढाउनु पर्नेमा जोड दिँदै मन्त्री चौधरीले उद्योगी व्यवसायीको लगानीको सुरक्षा, व्यवसायिकतामा सरकारले आवश्यक सहयोग गर्ने बताइन् । ‘उत्पादनलाई अन्तराष्ट्रिय बजारसँग प्रतिष्पर्धा गर्ने बनाउनुस, आवश्यक मार्केटिङ गर्नुहोस, योजनाबद्ध काम गर्नुहोस हाम्रा उत्पादनहरुलाई विश्व बजारमा निर्यात गराउन के गर्नुपर्छ सरकार तयार छ ।’ मन्त्री चौधरीले भनिन् ।

कोरोना महामारी पछि मुलुकको अर्थतन्त्र कमजोर हुँदै गइरहेको चर्चा गर्दै स्वदेशी उत्पादनहरु प्रयोगमा जोड दिने गरी रणनीति बनाउने हो भने नेपाली रुपैंया विदेशिनबाट रोक्न सकिने पनि बताइन् । ‘हामी धेरै कुरामा आत्मनिर्भर हुन सक्छौं । हाम्रा उत्पादनहरु स्वदेशमा मात्र हैन विदेशमा पनि पुर्याउने गरी काम गर्न सक्छौं । यसो भएको खण्डमा वर्षेनी खरबौं नेपाली रुपैंया विदेशिनबाट रोक्न सकिन्छ ।’ चौधरीले भनिन् ।  

नेपाल छाला जुत्ता उत्पादक संघका अध्यक्ष हरिराम बोगटीले नेपाली छाला जुत्तामा आकर्षण बढ्दै गएको जनाउँदै सरकारले कच्चा पदार्थको आयात र बजार प्रर्वद्धनमा सहयोग गर्नुपर्ने बताए । साताव्यापी रुपमा चल्ने प्रदर्शनीमा विभिन्न स्वदेशी छाला जुत्ता उत्पादन उद्योगहरुले उत्पादन गरेका जुत्ता चप्पलहरुको प्रदर्शन तथा विक्रि वितरण हुनेछ । आयोजकले प्रदर्शनीमा जुत्ता चप्पल खरिद गर्नेहरुलाई १५ देखि २५ प्रतिशतसम्म छुट दिने बताएको छ ।   


















0 प्रतिकृया