Follow us:


Follow us

१५ असोज २०८३, बिहिवार
१५ असोज २०८३, बिहिवार


अन्तर्घात गर्नेलाई कारवाही गर्न छानविन समिति

एक्सन खबर
फागुन, १, २०७९


अन्तर्घात गर्नेलाई कारवाही गर्न छानविन समिति

धरान, १ फागुन ।  गत स्थानीय तह र प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा अन्तरघात र असहयोग भएको भन्दै नेपाली कांग्रेसले सोको छानविन गर्न छानविन समिति गठन गरेको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको बैठकले छानविन समिति गठन गरेको हो ।

बैठकले निर्वाचन समिक्षा कार्यक्रमको प्रतिवेदन र स्थानीय पार्टी नेतृत्वहरुको राय अनुसार निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग र अन्तरघात गर्नेहरुमाथि अनुशासनको कारवाही अगाडि बढाउन छानविन समिति गठन गरेको क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरीले बताए ।

उनका अनुसार क्षेत्रीय उपसभापति एवम् प्रदेशसभा १(१) का सभापति अनिल श्रेष्ठको संयोजकत्वमा क्षेत्रीय कोषाध्यक्ष सुवर्ण श्रेष्ठ, प्रदेशसभा १(१) सचिव युवराज शंकर, प्रदेशसभा १(२) सचिव विजय घिमिरे, धरान नगर सचिव जितेन्द्र राई, बराहक्षेत्र नगर सचिव हरिकृष्ण भट्टराई, रामधुनी नगर सहसचिव सरल कटवाल  सदस्य र क्षेत्रीय सहसचिव सुमित राई सदस्य सचिव रहेको छानविन समिति गठन गरिएको छ ।

बैठकमा प्रदेश नं. १ का सांसद एवम् महासमिति सदस्य ममता तामाङ, सुनसरी जिल्ला सचिव माधव घिसिङ, प्रदेशसभा १(२) सभापति मुरारी भट्टराई, जिल्ला सदस्यहरु प्रदिप बस्नेत, अनुपमा सुनुवार लगायतको पनि उपस्थिति रहेको थियो ।













0 प्रतिकृया