Follow us:


Follow us

११ असोज २०८३, आइतवार
११ असोज २०८३, आइतवार


प्रधानमन्त्री कप महिला टी २० क्रिकेटको उपाधी सुदूरपश्चिमलाई

एक्सन खबर
माघ, ७, २०७९


प्रधानमन्त्री कप महिला टी २० क्रिकेटको उपाधी सुदूरपश्चिमलाई

विराटनगर, ७ माघ । प्रधानमन्त्री कप महिला टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी सुदूरपश्चिमले जितेको छ । इटहरीको जनता क्रिकेट पार्कमा शनिबार सम्पन्न फाइनलमा घरेलु टोली प्रदेश १ लाई ६ विकेटले हराउँदै सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बनेको हो ।

जितका लागि १ सय २ रनको विजयी लक्ष्य पछ्याएको सुदूरले १९.५ बलमा ४ विकेट गुमाउँदै पुरा गर्यो । सुदूरकी कविता जोशी २० बलमा १ चौका र १ छक्कासहित १९ रनमा अविजित रहँदा सम्झना खड्का ३३ बलमा २ चौकासहित २७ रनमा अविजित रहिन् ।

डली भट्ट १६ बलमा १ चौका र २ छक्कासहित २२, विन्दु रावल ७, कविता कुवर १२ र रुवि पोदार ८ रनमा आउट भए । प्रदेश एकको लागि सबनम राई, रुविना क्षेत्री, संगिता राई र हिरनमय रायले एक एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश एकले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय १ रन बनाएको थियो ।

प्रतियोगितामा कविता कुवरले बिधागत पुरस्कारमा वर्चश्व कायम राखिन् । उनले स्कुटरसँगै प्रमुख दुई अवार्ड जितिन् । कविताले उदयमान खेलाडीको रूपमा सहआयोजक सुनसरी जिल्ला क्रिकेट संघले प्रदान गरेको २ लाख ७० हजार मूल्यको स्कुटर पाइन् ।

कविता प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट ब्याटर समेत भइन् । सर्वोत्कृष्ट खेलाडी वापत उनले ३० हजार र ब्याटरको रूपमा २० हजार नगद पुरस्कार पाइन् ।सुदूरपश्चिमकै मनिषा चौधरी प्रतियोगिता उत्कृष्ट बलर घोषित हुँदै नगद २० हजार पुरस्कार पाइन् । विजेता सुदूरले पाँच लाख र उपविजेता प्रदेश एकले तीन लाख प्राप्त गरेको छ ।













0 प्रतिकृया