Follow us:


Follow us

१६ असोज २०८३, शुक्रवार
१६ असोज २०८३, शुक्रवार


गृहमन्त्रीको निर्देशनपछि पनि पक्राउ पर्न सकेनन् फरार सांसद

एक्सन खबर
माघ, २, २०७९


गृहमन्त्रीको निर्देशनपछि पनि पक्राउ पर्न सकेनन् फरार सांसद

विशाल बस्नेत
महोत्तरी, २ माघ । गृहमन्त्री रवि लामिछानेले निर्देशन दिँदा पनि हत्या अभियोग लागेका लक्ष्मी महतो कोइरी अहिलेसम्म पनि पक्राउ पर्न सकेका छैनन् । जनकपुर उच्च अदालतबाट पक्राउका लागि वारेण्ट जारी भैइसकेका महोत्तरीका संघीय सांसद कोइरी अहिले निर्वाधरुपमा नियमित काम गरिरहेका छन् ।

सांसद महतो प्रशासन तथा प्रहरीको आँखा नै अगाडी हिँडडुल गरेर चुनौती दिइरहेका छन् । सपथ ग्रहणदेखि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिँदासम्म महतो पक्राउ पर्न सकेका छैनन् । मधेश आन्दोलनको समयमा लखेटी-लखेटी घाइते बनाएर उपचार गर्न लैजाने क्रममा एम्बुलेन्सबाट नै निकालेर सुरक्षाकर्मी थमन विकलाई हत्या गरेको उनीमाथि आरोप छ ।

उच्च अदालत जनकपुरले २०७७ मा महतोलाई पक्राउ गरी पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । २०७७ देखि फरार रहेका महतो २०७९ को निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर १ बाट नेकपा एमालेवाट टिकट लिएर संघको निर्वाचनमा होमिएका थिए ।

बारेसमार्फत मनोनयन दर्ता गराएर चुनावी प्रतिस्पर्धामा होमिएका महतो माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणी पोखरेललाई पराजित गर्दै विजयी बनेका हुन् । निर्वाचन आयोगबाट हस्तान्तरण गर्ने प्रमाणपत्र समेत वारेसमार्फत नै बुझेका महतो प्रहरीको आँखा छल्दै सपथग्रहण लिनसमेत सफल भए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरी हेडक्वाटरले कांग्रेसबाट निर्वाचित संसद टेकबहादुर गुरुङ्ग र महतोलाई संसदीय गतिविधिमा संग्लन नगराउन पत्राचार गरे पनि कोइरीलाई भने निरन्तर संग्लन गराउँदै आइएको छ ।













0 प्रतिकृया