Follow us:


Follow us

११ असोज २०८३, आइतवार
११ असोज २०८३, आइतवार


‘तिम्रो मेरो साथ’ को चितवनमा प्रिमियर

एक्सन खबर
पौष, २९, २०७९


‘तिम्रो मेरो साथ’ को चितवनमा प्रिमियर

चितवन, २९ पुस । शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘तिम्रो मेरो साथ’ को प्रिमियर शो भव्य रुपमा सम्पन्न भएको छ। सिजी ल्यान्डमार्कको चितवन सिनेप्लेक्समा भएको प्रिमियर शोमा चर्चित नायिका साम्राज्ञीराज्यलक्ष्मी शाह, नायक पुष्प खड्का, चर्चित कलाकार सन्दीप क्षेत्री र निर्माता तथा निर्देशक रमेश एमके पौडेलको सहभागिता थियो ।

रिलिजको पूर्वसन्ध्यामा राखिएको प्रिमियर शोलाई दर्शकहरुले पूर्ण रुपमा मनोरन्जन लिनुका साथै चलचित्रको तारिफ गरेका थिए । प्रिमियर शोमा जिल्लाका बिभिन्न क्षेत्रमा आबद्ध रहेका व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

पछिल्लो समय कलाकारिता तथा सिने क्षेत्र धराशायी र अस्तव्यस्त बन्दै गएकोले नेपाली चलचित्र क्षेत्र नै चलायमान हुनु अहिलेको आवश्यकता भइरहेकाले नेपाली कलाकारिता क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले प्रिमियर शो कार्यक्रमको आयोजना गरिएको लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्कीले बताए ।
 













0 प्रतिकृया