Follow us:


Follow us

१० असोज २०८३, शनिवार
१० असोज २०८३, शनिवार


फरवार्डद्वारा सबिता कुमारीकाे परिवारलाई कर्जा बीमा रकम वितरण

एक्सन खबर
पौष, २७, २०७९


फरवार्डद्वारा सबिता कुमारीकाे परिवारलाई कर्जा बीमा रकम वितरण

काठमाडाैं, २७ पुस । लघुवित्त क्षेत्रमा फरक पहिचान स्थापित गर्न सफल फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सितापुर भंगहा शाखा कार्यालय महोत्तरीले सदस्यको मुत्यु बापतको कर्जाको बिमा रकम वितरण गरेको छ । फरवार्डले भंगहा नगरपालिका ६ कि सबिता कुमारीको मत्यु पश्चात उनको परिवारलाई कर्जा बिमा सुबिधा बापतको रकम प्रदान गरेकाे हाे ।

सामान्य आर्थिक अवस्थाकी सबिता कुमारीले छोरालाई अध्ययनका निम्ति फरवार्डबाट २०७८ मंसीर २४ गते १ लाख ४० हजार कर्जा लिएकी थिईन । गएको साउन २४ गते घरमै उच्च रक्तचापका कारण मत्यु भएकी सबिताले भुक्तान गर्न बाँकी कर्जा पनि मिनाहा गरी कर्जा बीमा रकम दिइएकाे फरवार्ड मधेस प्रदेश कार्यालय अधिकृत राज नारायण चौधरीले जानकारी दिए ।

नियमित किस्ता तिर्दै आईरहेकी उनको १ लाख ३० हजार ३९९ बाँकी रहेको थियो । फरवार्डले सबै ऋणीहरुको कर्जाको समेत बिमा गर्ने भएकोले उनको परिवारलाई कर्जा बिमा र किरिया खर्च सहित १ लाख ६८ हजार रुपैया प्रदान गरिएकाे थियाे ।  मृतकको श्रीमान् बृज बिहारी हुजेदारलाई रकम हस्तान्तरण गरिएकाे छ ।

सुनसरीको दुहबीमा केन्दीय कार्यालय रहेको फरवार्ड देशमा ४० जिल्लाहरुमा शाखा रहेका छन् । फरवार्डमा हाल करिब ३ लाख महिला सदस्यहरु आबद्ध छन् । उनीहरूलाई सामुहिक जमानीमा कर्जा प्रवाह गरी उनीहरूकाे सीपलाई बजारीकरण गर्ने फरवार्डकाे रणनीति छ ।













0 प्रतिकृया