Follow us:


Follow us

११ असोज २०८३, आइतवार
११ असोज २०८३, आइतवार


काभ्रेको तीनपिप्लेमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
पौष, २५, २०७९


काभ्रेको तीनपिप्लेमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, २५ पुस । सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजले काभ्रेको तिनपिप्ले, पाँचखालमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । केएमसीले आज ग्रामिण महिला सहकारी संस्थासँगको सहकार्यमा गरेको निःशुल्क स्वास्थ्य शिविरमा ५९३ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ ।

केएमसीका जनरल मेनेजर नारायण दाहालका अनुसार उक्त स्वास्थ्य शिविरमा ८९ जनाको इसिजी, १६४ जनाको ल्याब परीक्षण, १२४ जनाको भिडियो एक्सरे गरिएको छ । स्वास्थ्य शिविरमा आएका मध्ये ९ जनाको दाँत खोलिएको थियो भने, १९ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ । शिविरमा केएमसीका विशेषज्ञ चिकित्सकहरुले बिरामीको स्वास्थ्य जाँच गरेका थिए ।

समाजसेवी, स्वास्थ्य तथा मेडिकल शिक्षामा लामो समयदेखि सक्रिय डा. सुनिल शर्माले केएमसीको जिम्मेवारी लिएपछि निःशुल्क स्वास्थ्य शिविर सुरु गरिएको थियो । प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएसँगै कार्यकारी अध्यक्षबाट बाहिरिएका डा. शर्माले सुरु गरेको अभियान लाई भने केएमसीले निरन्तरता दिएको छ । ‘डा. सुनिल शर्माले शिक्षा तथा स्वास्थ्य सेवामा जनताको अधिकार स्थापित गर्न सुरु गर्नु भएको अभियानलाई सम्मान गर्दै निरन्तर अगाडी बढाउने छौं ।’ यो अभियानले दुर दराजमा रहेका आम नागरिक मात्र नभएर शहरी क्षेत्रमा भएका विपन्न वर्गहरुले पनि फाइदा लिइरहेको जनरल मेनेजर दाहालको भनाई छ ।




















0 प्रतिकृया