Follow us:


Follow us

११ असोज २०८३, आइतवार
११ असोज २०८३, आइतवार


फिलिपिन्सको बाढीमा १३ जनाको मृत्यु, २३ वेपत्ता

एक्सन खबर
पौष, १३, २०७९


फिलिपिन्सको बाढीमा १३ जनाको मृत्यु, २३ वेपत्ता

मनिला, १३ पुस । भारी वर्षा र अचानक बाढीले फिलिपिन्समा १३ जनाको ज्यान मृत्यु भएको छ । केही दिनदेखि आएको वर्षापछिको बाढीमा परेर २३ जना बेपत्ता भएका छन् ।

पीडितमध्ये अधिकांश माझी भएका हुन  सक्ने देशको विपद् व्यवस्थापन परिषद्लाई उद्धृत गर्दै अन्रर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । विपद्का कारण ४५ हजारभन्दा बढी मानिसहरूलाई आश्रयका लागि विस्थापित केन्द्रहरूमा बस्न बाध्य भएका छन् ।

बेपत्ता भएका माझीहरु खराब मौसमसँग सम्बन्धित खतराहरूको बाबजुद समुद्रमा गएका प्रकोप निकायले जनाएको छ । वेपत्ताको खोजी कार्य भइरहेको छ ।
 













0 प्रतिकृया