Follow us:


Follow us

१८ असोज २०८३, आइतवार
१८ असोज २०८३, आइतवार


महान्यायाधिवक्तामा दिनमणि पोखरेल नियुक्त, खातीकाे राजिनामा स्वीकृत

एक्सन खबर
पौष, १२, २०७९


महान्यायाधिवक्तामा दिनमणि पोखरेल नियुक्त, खातीकाे राजिनामा स्वीकृत

काठमाडौं, १२ पुस  । सरकारको कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्ता पदमा दिनमणि पोखरेल नियुक्त भएका छन् । साेमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ ग्रहणसँगै आवश्यक राजनीतिक नियुक्तिको प्रक्रिया सुरु गरेका छन् ।

नवनियुक्त महान्यायाधिवक्ता पोखरेलले आजै शपथ लिने बताइएको छ । सर्वोच्च अदालतको न्यायाधीशको दाबेदार रहेका पोखरेल लामो समयदेखि माओवादी केन्द्र निकट छन् ।

यसअघिका महान्यायाधिवक्ता खम्बबहादुर खातीले साेमबार पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री प्रचण्डले पाेखरेललाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन् । महान्यायाधिवक्तामा रामनारायण बिडारी, तुलसी भट्ट, रमणकुमार श्रेष्ठकाे नाम चर्चामा थियाे ।

यसैविच महान्यायाधिवक्ता खम्मबहादुर खातीले पदबाट दिएको राजीनामा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेकी छिन् । सोमबार प्रधानमन्त्रीमार्फत खातीले दिएको राजीनामा मंगलबार राष्ट्रपति भण्डारीले स्वीकृत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।













0 प्रतिकृया