Follow us:


Follow us

१६ असोज २०८३, शुक्रवार
१६ असोज २०८३, शुक्रवार


राष्ट्रपतिद्वारा पुस २५ गते दुवै सदनको संयुक्त बैठक आह्वान

एक्सन खबर
पौष, १२, २०७९


राष्ट्रपतिद्वारा पुस २५ गते दुवै सदनको संयुक्त बैठक आह्वान

काठमाडौं, १२ पुस । संघीय संसद् सचिवालयले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक आह्वान गरेको छ । मंगलबार एक सूचनामार्फत संसद् सचिवालयले पुस २५ गते दुवै सदनको बैठक आह्वान गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निर्देशनमा संघीय संसद् भवनमा बैठक बोलाइएको संसद्का महासचिव भरतराज गौतमले जानकारी दिए । राष्ट्रपति भण्डारीले  सरकारको सिफारिसमा पुस २५ गते सोमबार दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा बस्नेगरी दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।

निर्वाचनको अन्तिम परिणाम घोषणा भएको एक महिनाभित्र संसद्‌को पहिलो बैठक बस्नुपर्ने संवैधानिक प्रावधान छ । गत मंसिर ४ मा सम्पन्न भएको निर्वाचनको अन्तिम नतिजाको प्रतिवेदन मंसिर २९ गते राष्ट्रपतिसमक्ष निर्वाचन आयोगले बुझाएको थियो ।
 


 















0 प्रतिकृया