Follow us:


Follow us

११ असोज २०८३, आइतवार
११ असोज २०८३, आइतवार


वीपी प्रतिष्ठानको शिक्षाध्यक्षमा डा. संजिव शर्मा नियुक्त

एक्सन खबर
पौष, ७, २०७९


वीपी प्रतिष्ठानको शिक्षाध्यक्षमा डा. संजिव शर्मा नियुक्त

सुनसरी, ७ पुस । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा प्रा.डा. संजिव शर्मा नियुक्त भएका छन् । स्वास्थ्य मन्त्री भवानी खापुङले प्रष्तिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको सिफारिसमा डा. शर्मालाई ५ वर्षका लागि शिक्षाध्यक्षमा नियुक्त गरेका हुन् ।

प्रतिष्ठानका तत्कालिन शिक्षाध्यक्ष प्रा.डा.गुरु प्रसाद खनालको पदावधि मिति गत असोजमा समाप्त भए पश्चात रिक्त रहेको उक्त पदमा ईन्टर्नल मेडिसिन विभागका डा.शर्मा नियुक्त भएका हुन् । प्रतिष्ठानको ऐन, २०४९ को दफा ११ (ग) (१) बमोजिम प्रतिष्ठानका उपकुलपति डा. गिरीको सिफरिसमा प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री खापुङ्गले डा. शर्मालाई नियुक्त गरेका हुन् ।

त्यसैगरी प्रतिष्ठानको ऐन, २०४९ को दफा ७ को उप(दफा (१) (ध) बमोजिम प्रतिष्ठानका शिक्षकहरु मध्येबाट उपकुलपतिको सिफारिसमा सहकुलपतिले स्कूल अफ पब्लिक हेल्थ एण्ड कम्यूनिटी मेडिसिनका प्रा.डा.निलाम्बर झा तथा माइक्रोबायोलोजी विभागका प्रमुख डा.नारायण राज भट्टराईलाई सञ्चालक परिषद् सदस्यमा मनोनित गरेको प्रतिष्ठानका कार्यवाहक प्रवक्ता डा.चुरामणी पोखरेलले जनाएका छन् ।













0 प्रतिकृया