Follow us:


Follow us

१६ असोज २०८३, शुक्रवार
१६ असोज २०८३, शुक्रवार


कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मनोनयन दर्ता

एक्सन खबर
पौष, ५, २०७९


कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मनोनयन दर्ता

काठमाडौं, ५ पुस । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मनोनयन दर्ता हुँदैछ । भाेली हुने मतदानका लागि आज  मनाेनयद दर्ता हुन लागेकाे हाे ।

नेपाली कांग्रेसले दलको नेता चयन गर्न भोलि (बुधबार) हुने मतदानका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको कार्यक्रम रहेको जनाएको छ ।निर्वाचन समिति संयोजक भिष्मराज आङदम्बेले उम्मेदवारलाई मनोनयन दर्ता शुल्क ५१ हजार रुपैयाँ तोकिएको जानकारी दिए ।

संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, डा. शेखर कोइराला लगायत दावेदार छन् । थापा र कोइराला पक्षबीच साझा उम्मेदवार कायम गर्ने विषयमा छलफल जारी भएपनि अहिलेसम्म ठाेस निष्कर्ष निस्किएकाे छैन ।

मनोनयन दर्तापछि उम्मेदवारको प्रथम नामावली मंगलबार अपराह्न साढे ३ बजे प्रकाशन हुने र त्यसमा दाबी विरोधका लागि साढे ३ देखि ४ बजेसम्मको समय निर्धारण गरिएको छ ।

दाबी विरोधमा जाँचबुझ गरी उम्मेदवारको दोस्रो नामावली प्रकाशन  साढे ४ बजे हुने छ । उम्मेदवारको नाम फिर्ता लिने समय आजै साढे ४ बजेदेखि साढे ५ बजेसम्मको समय तोकिएको छ । त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन आजै बेलुकी पौने ६ बजे हुने कार्यतालिका निर्धारण गरिएको छ ।

मतदान भोलि बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय सिंहरदरबारमा हुने छ । मतदाताहरुलाई आफू सांसद पदमा निर्वाचित भएको प्रमाणपत्रसहित उपस्थित हुन कांग्रेसले भनेकाे छ ।














0 प्रतिकृया