Follow us:


Follow us

१६ असोज २०८३, शुक्रवार
१६ असोज २०८३, शुक्रवार


भनेको नमान्ने कार्यपालिका सदस्यलाई राजीनामा दिन हर्क साम्पाङकाे चेतावनी

एक्सन खबर
पौष, १, २०७९


भनेको नमान्ने कार्यपालिका सदस्यलाई राजीनामा दिन हर्क साम्पाङकाे चेतावनी

धरान, १ पुष । भनेकाे नमान्ने कार्यपालिका सदस्यहरूलाई राजीनामा दिन धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले चेतावनी दिएका छन् । आफूले भनेको नमान्ने कार्यपालिका सदस्यहरूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने सामाम्पाङकाे भनाइ छ ।

नगरकाे कार्यपालिका बैठक नियमित रूपमा बस्न नसकेपछि उनले पत्रकार सम्मेलन गर्दै भनेको नमान्ने कार्यपालिका सदस्यलाई राजीनामा दिन भने । एक महिनादेखि धरानमा कार्यपालिका बैठक बस्न नसकेपछि साम्पाङले अटेर गर्ने कार्यपालिका सदस्यहरूलाई राजीनामा दिन भनेका हुन् ।

बैठकमा बहु साँस्कृतिक पार्क बनाउने विषयमा कार्यपालिका सदस्य अनुप देवानले भनाइहरू राख्दा मेयर साम्पाङले बाहिर जान भनेपछि कार्यपालिका सदस्यलाई बोल्न नै नदिई बाहिर जानु भनेकाे भन्दै अन्य सदस्यहरूले विराेध गरे । त्यसपछि बैठक बसेको छैन ।

धरानका मेयर र उपमेयरबाहेक अरु कार्यपालिका सदस्यहरूले बैठकमा रायसमेत राख्नबाट वञ्चित गराएको भन्दै मेयरले माफी माग्नुपर्ने माग राखेका छन् । उनीहरूले हिजाे पत्रकार सम्मेलन नै गरेर मेयर तानाशाही भएकाे जिकिर गरेका थिए । मेयर साम्पाङले गैरसंवैधानिक र गैरकानुनी रुपमा तोकआदेशकै आधारमा काम गरिरहेको र त्यसको जवाफदेही नगर कार्यपालिका नहुने पनि उनले बताए ।

यता तीन जना कार्यपालिका सदस्यले मेयर साम्पाङले पछिल्लो समय ‘चमारे’ शब्द प्रयाेग गर्दै दिएकाे अभिव्यक्तिले दलित समुदायको मौलिक हक र अधिकार नै कुण्ठित पार्दै दुर्व्यवहार भएको भन्दै कानून अनुसारको कारबाही गर्न माग गरेका छन् ।

‘मंसिर २७ गते आफ्नो फेसबुक वालमा ‘जोरी खोज्नेहरूको बास उठ्न सक्छ । बल होइन बुद्धि लगा चमारे बुद्धि ।’ भन्ने अभिव्यक्तिले दलित समुदाय माथि नै चोट पर्न गएको र यसले दलित समुदायको मौलिक हक र अधिकारलाई कुण्ठित पार्दै दुर्व्यवहार भएको छ’ कार्यपालिका सदस्य त्रयले जारी गरेकाे प्रेस विज्ञप्तिमा उल्लेख छ ।

कार्यपालिका सदस्यत्रय सावित्री परियार, देवीमाया विक र दिनेश गजमेरले विज्ञप्ति निकालेर साम्पाङको अभिव्यक्तिको विरोध गरेका छन् ।













0 प्रतिकृया