Follow us:


Follow us

१६ असोज २०८३, शुक्रवार
१६ असोज २०८३, शुक्रवार


यी हुन् एमालेबाट प्रदेश सभा १ मा समानुपातिकबाट परेका सांसदहरू

एक्सन खबर
मंसिर, २४, २०७९


यी हुन् एमालेबाट प्रदेश सभा १ मा समानुपातिकबाट परेका सांसदहरू

इटहरी, २४ मंसिर । नेकपा (एमाले)को तर्फबाट प्रदेस १ सभामा १५ जना परेका छन् । एमालेले प्रदेश सभा १ का लागि १५ जना समानुपातिक सांसदकाे नाम टुंगाे लगाएकाे हाे । सार्वजनिक नाम अनुसार आदिवासी जनजाती तर्फ महिलामा सिर्जना दनुवार, उदयपुर, २) कमला थापा, झापा, मीना श्रेष्ठ, सुनसरी, सिर्जना राई, भोजपुर र मालती कुमारी लिम्बु, मोरङ रहेका छन् ।

आदिवासी जनजाती पुरुष तर्फ नम्बरलाल धिमाल, झापा रहँदा खसआर्य महिलामा माेरङकी शिला दीक्षित, तारादेवी ढकाल, झापा, मीरादेवी खनाल आचार्य, सुनसरी र गीतादेवी रेग्मी, उदयपुर रहेका छन् ।

यस्तै, अल्पसंख्यक तर्फबाट लहरू कुमारी जिमी याक्ख्या, सुनसरी, दलित तर्फ, कमला दर्नाल, तेह्रथुम, मधेसी तर्फ गीतारानी महतो, मोरङ समानुपातिकमा परेका छन् । भने, मुस्लिम समुदायबाट नुरसदी वेगम, मोरङ र थारु समुदायबाट ललिताकुमारी चौधरी, झापा रहेका छन् ।

प्रत्यक्ष तर्फ एमालेबाट प्रदेश १ मा २५ जना निर्वाचित भएका छन् । सातै प्रदेशमा प्रत्यक्षतर्फका ३३० प्रदेश सभा सदस्यमध्ये नेकपा (एमाले) बाट ९१ जना प्रदेश सभा सदस्य निर्वाचित भएका छन् ।
प्रदेश नं. १
क्र.सं.    नाम                     जिल्ला
१    तीलकुमार मेन्याङ्बो    ताप्लेजुङ
२    रामबहादुर मगर          इलाम
३    एकराज कार्की            झापा
४    चिन्तन पाठक             झापा
५    छविलाल चुँडाल          झापा
६    राधाकृष्ण खनाल        झापा
७    हिक्मतकुमार कार्की    झापा
८    होमबहादुर थापा        झापा
९    विदुरकुमार लिंथेप      संखुवासभा
१०    किशोरचन्द्र दुलाल    तेह्रथुम
११    निरन राई                धनकुटा
१२    इन्द्रमणी पराजुली     धनकुटा
१३    उमाकान्त गौतम       मोरङ
१४    खड्गबहादुर बस्नेत    मोरङ
१५    लीलाबल्लभ अधिकारी  मोरङ
१६    ज्ञानेन्द्र सुवेदी            मोरङ
१७    जयप्रकाश चौधरी      मोरङ
१८    रमेशकुमार बस्नेत      सुनसरी
१९    विजयकुमार राई        सुनसरी
२०    रेवतीरमण भण्डारी    सुनसरी
२१    रामप्रसाद महतो        सुनसरी
२२    रोहितबहादुर कार्की   सुनसरी
२३    रामदेव यादव           सुनसरी
२४    बुद्धिकुमार राजभण्डारी  सोलुखुम्बु
२५    पाँचकर्ण राई            खोटाङ













0 प्रतिकृया