Follow us:


Follow us

१६ असोज २०८३, शुक्रवार
१६ असोज २०८३, शुक्रवार


तीनवटा चुनाव हारेपछि अशाेक राईलाई सफलता, सुनसरी क्षेत्र नं. १ बाट निर्वाचित

एक्सन खबर
मंसिर, १२, २०७९


तीनवटा चुनाव हारेपछि अशाेक राईलाई सफलता, सुनसरी क्षेत्र नं. १ बाट निर्वाचित

काठमाडौं, १२ मंसिर । सुनसरी क्षेत्र नं. १ बाट जनता समाजवादी पार्टीका अशोककुमार राई निर्वाचित भएका छन् । नेकपा एमालेकाे साथ पाएर तीन वटा चुनाव हारेपछि राई निर्वाचित भएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गर्दै राई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । राईले १७ हजार ५९ मत ल्याउँदा तामाङले १६ हजार ६०६ मत पाइन् । माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत ल्याएर तेस्रो भए ।

यस्तै, राप्रपाका अशोककुमार राईले सात हजार ८८४, स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार मेयाङ्गबोले सात हजार ८१२, अर्का स्वतन्त्र तर्कबहादुर मगरले तीन हजार ८१८, कुमार कार्कीले एक हजार ८६४, मातृकाप्रसाद भट्टराईले एक हजार ७६० मत पाएका छन् ।













0 प्रतिकृया