Follow us:


Follow us

१७ असोज २०८३, शनिवार
१७ असोज २०८३, शनिवार


डा. सुनिल शर्माले सपथ नखाँदै पुरा गर्न थाले जनतासँग गरेका प्रतिबद्धता

एक्सन खबर
मंसिर, ११, २०७९


डा. सुनिल शर्माले सपथ नखाँदै पुरा गर्न थाले जनतासँग गरेका प्रतिबद्धता

माेरङ, ११ मंसिर । डा. सुनिल कुमार शर्माले प्रतिनिधि सभा निर्वाचनका समयमा जनताका घरदैलाेमा पुग्दा गरेका बाचा सपथ नखाँदै पुरा गर्न थालेका छन् । चुनाबी अभियानका क्रममा चुनाब जितेकाे ७२ घन्टाभित्र नाेबेल शिक्षण अस्पतालमा आफ्नो क्षेत्रका बासिन्दाका लागि  ५०  वेडको नि:शुल्क क्याबिन सेवा सुरू गर्ने घाेषणा गरेकाेमा आज आइतबारबाट सुरू गरेका छन् ।

मोरङ क्षेत्र नम्बर-३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य  डा. शर्माले विराटनगरकाे नाेबेलमा आफ्नो क्षेत्रका बासिन्दाका लागि ५०  वेडको नि:शुल्क क्याबिन सेवा सुरु गरेका हुन् ।

५० बेडको क्याविनमा क्षेत्र नम्बर ३ बाट आउने सेवाग्राहीलाई नि:शुल्क सेवा प्रदान गरिने नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले जानकारी दिए । ‘डा. सुनिल  शर्माले जनताका माझ गर्नु भएकाे घाेषणा पुरा गर्ने क्रममा नाेबेलमा ५० वेडकाे निःशुल्क क्याविन सुरू गरिएकाे हाे । यहाँ क्षेत्र नम्बर ३ का जनताकाे उपचारमा औषधि खर्च वाहेक सबै निःशुल्क हुन्छ ।’ दाहालले भने ।

डा. शर्माले आफ्नाे क्षेत्रका जनताकाे स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षासँगै सुकुम्बासी समस्या समाधान, बेराेजगारी हल गर्ने, बाढी प्रकाेप लगायतका समस्या समाधानमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । यससँगै प्रतिनिधि सभामा रहेर मुलुककाे निती निमार्ण गर्ने सवालमा भूमिका निर्वाह गर्नेछन् ।

०७४ सालको निर्वाचनमा एमाले उम्मेदवार भानुभक्त ढकालसँग पराजित डा. शर्माले यो पटक ढकाललाई भारी मतान्तरले पराजित गरेका थिए । डा. शर्माले ४८ हजार ६३१ मत ल्याउँदा ढकालले २५ हजार ८९५ मत मात्र ल्याए । राप्रपा उम्मेदवार रेखा थापाले १० हजार ९८८ मत ल्याएकी थिइन् ।















0 प्रतिकृया