Follow us:


Follow us

१७ असोज २०८३, शनिवार
१७ असोज २०८३, शनिवार


भोली एमाले अध्यक्ष ओलीले दुहवीमा संवोधन गर्ने

एक्सन खबर
कार्तिक, २९, २०७९


भोली एमाले अध्यक्ष ओलीले दुहवीमा संवोधन गर्ने

दुहवी, २९, कार्तिक । भोली बुधबार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुनसरीका दुईवटा सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ । नेकपा एमाले सुनसरी क्षेत्र नं. ३ र ४ ले आयोजना गर्ने कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले चुनाबी संवोधन गर्ने कार्यक्रम रहेको छ ।

बिहान १० बजे सुनसरीको दुहवीमा आयोजित विशाल जनसभामा ओलीसँगै चुनाबी गठबन्धनमा रहेको जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव समेत सहभागी हुनेछन् । ओली सोहि दिन दिउसो १ बजे सुनसरीको लौकहीमा हुने सभामा पनि सहभागी हुनेछन् ।

दुहवीमा हजारौंको सहभागितामा जनसभा हुने एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार भगवती चौधरीले जानकारी दिइन् । जनसभामा सहभागी हुन एमाले ३ नं. निर्वाचन परिचालन कमिटीले अनुरोध गरेको छ ।

सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा तर्फ भगबती चौधरी, प्रदेशसभा १ तर्फ रोहित बहादुर कार्की तथा प्रदेश सभा ख तर्फ रामदेव यादव रहेका छन् ।













0 प्रतिकृया