Follow us:


Follow us

११ असोज २०८३, आइतवार
११ असोज २०८३, आइतवार


सुनिल शर्माजस्तो नेता पाउनु अहोभाग्यः प्रवासी नेपाली

एक्सन खबर
कार्तिक, २८, २०७९


सुनिल शर्माजस्तो नेता पाउनु अहोभाग्यः प्रवासी नेपाली

पथरी, २८ कार्तिक । प्रवासी नेपालीले सुनिल शर्मालाई सहयोग गर्ने भएका छन् । मोरङको क्षेत्र नम्बर ३ मा स्थायी बसोबास गर्दै आएका र हाल प्रवासमा रहेकामध्ये केही मतदाता चुनावको लागि नेपाल आएका छन् ।

शर्माले जितेपछि प्रवासी नेपालीको सहकार्यमा क्षेत्र नम्बर ३ मा विकासका योजनामा अगाडि बढ्ने उनीहरुले बताएका छन् । ‘राजनीति आफ्नो ठाउँमा छ, समाजसेवा आफ्नो ठाउँमा छ’, नेपाली हातेमालो संस्थाका संस्थापक अध्यक्ष टेकबहादुर कटुवालले घरदैलो कार्यक्रमका बीच शर्मालाई भेटेर भने, ‘उहाँले आएर हाम्रो क्षेत्रमा उभिइदिनु भनेको हाम्रो अहोभाग्य हो । दीनदुःखीलाई उहाँले गरेको सहयोग सह्रानीय छ ।’
 
आफूले शर्मासँग जोडिएर काम गर्न पाउँदा खुशी लागेको उनले बताए । क्षेत्र नं. ३ मा बाम लोकतान्त्रिक गठबन्धन नेपाली कांग्रेसका साझा उम्मेदवार डा. शर्मालाई जनताले अत्याधिक मतले जिताउने चर्चा छ । सोही क्षेत्रबाट एमालेका उम्मेदवार भानुभक्त ढकाल यो पटक पराजित हुने कांग्रेसको दावी छ ।













0 प्रतिकृया