Follow us:


Follow us

१९ असोज २०८३, सोमवार
१९ असोज २०८३, सोमवार


बेतना सिमसारअगाडि सर्पदंश उपचार केन्द्र खोल्ने डा. सुनिल शर्माको घोषणा

एक्सन खबर
कार्तिक, २६, २०७९


बेतना सिमसारअगाडि सर्पदंश उपचार केन्द्र खोल्ने डा. सुनिल शर्माको घोषणा

बेलबारी, २६ कार्तिक । मोरङको ३ नम्बर निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसबाट उम्मेद्वारी दिएका डा. सुनिल शर्माले बेलबारीको बेतना सिमसारअगाडि सर्पदंश उपचार केन्द्र स्थापना गर्ने बताएका छन् ।

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा रहेका डा. शर्माले सर्पदंशको उपचार तत्कालै गर्नुपर्ने हुँदा बेलबारीबाट धरान वा विराटनगर लैजान सम्भव नहुने बताए ।

स्थानीय स्तरमै तत्काल उपचारको व्यवस्था मिलाउन सर्पदंश उपचार केन्द्र सञ्चालनको योजना बनाएको उनको भनाइ छ । किसान परिवारको बसोबास उल्लेख्य रहेको बेलबारी क्षेत्रमा वर्षेनी सर्पदंशबाट मानिसहरुको ज्यान जाने गरेकाले स्थानीय स्तरमै सञ्चालन हुने सर्पदंश उपचार केन्द्रले नागरिकको जीवनरक्षामा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।














0 प्रतिकृया