Follow us:


Follow us

१९ असोज २०८३, सोमवार
१९ असोज २०८३, सोमवार


निष्पक्ष निर्वाचनका पक्षमा आफैं अग्रपङ्तीमा उभिन्छुः भगबती चौधरी

एक्सन खबर
कार्तिक, ४, २०७९


निष्पक्ष निर्वाचनका पक्षमा आफैं अग्रपङ्तीमा उभिन्छुः भगबती चौधरी

सुनसरी, ४ कार्तिक । नेकपा एमालेकी प्रभावशाली नेतृ भगबती चौधरीले मंसिर ४ गते हुन गइरहेको निर्वाचन निष्पक्ष र धाँधलीरहित बनाउन सबै लाग्नुपर्ने बताएकी छिन् । बिहीबार इटहरी वडा नं. १४ मा आयोजित पार्टीका कार्यकर्ताहरुको प्रशिक्षण भेलामा बोल्दै प्रतिनिधिसभा उम्मेदवार चौधरीले अघिल्ला दुई निर्वाचनमा प्रतिपक्षले धाँधली गरेको कार्यकर्ताहरुलाई प्रष्ट्याउँदै फेरी पनि निष्पक्षरुपमा निर्वाचन नभए आफु र नेकपा एमाले कडा रुपमा प्रस्तुत हुने बताइन् ।

यूवा संघ, युथ फोर्स, महिला तथा किसान संघ लगायत सबै नेता कार्यकर्ताहरु जनताले दिएको जनमत रक्षार्थ खटिनुपर्ने बताउँदै कुनैपनि धाँधली र सड्यन्त्र विरुद्ध आफैं अग्रपङ्तीमा उभिने पनि बताइन् । ‘यो पल्टपनि विगतको जस्तै धाँधली र सड्यन्त्र भयो भने म जनताको जनमतको रक्षा गर्न आफैं अगाडी सर्छु ।’ नेतृ चौधरीले भनिन् ।

उनले निष्पक्ष निर्वाचन विरुद्ध धाँधली भयो भने पहिलो प्रतिकार आफैंले गर्ने समेत चेतावनी दिएकी छिन् । नेकपा एमाले निष्पक्ष चुनाबको पक्षमा रहेको जनाउँदै कार्यकर्ता र जनवर्गीय संघगठनहरुलाई निष्पक्ष निर्वाचनका लागि जस्तोसुकै परिस्थितिको सामना गर्न तयारी रहन पनि भनिन् ।

सुनसरी क्षेत्र नं. ३ संवेदनशील निर्वाचन क्षेत्रका रुपमा रहेको छ । यो क्षेत्रमा कांग्रेस नेता विजयकुमार गच्छदारले पटकपटक धाँधली र सड्यन्त्रले निर्वाचन जितेको आरोप छ । २०७० साल र ०७४ सालको निर्वाचनमा गच्छदारले धाँधली गरेको भन्दै सर्वोच्चमा मुद्दा परेको थियो । विगतका दुई निर्वाचनमा देखिएको परिदृश्य पुनः नदेखियोस भनेर एमाले सुनसरी क्षेत्र नं. ३ निर्वाचन परिचालन कमिटी समेत योपल्ट विशेष सावधानी अपनाउँदै धाँधलीका कृयाकलाप विरुद्ध खबरदारीमा जुटेको छ ।













0 प्रतिकृया