Follow us:


Follow us

१८ असोज २०८३, आइतवार
१८ असोज २०८३, आइतवार


प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार बनाउन दलहरुलाई आयोगको पत्र

एक्सन खबर
असोज, २, २०७९


प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार बनाउन दलहरुलाई आयोगको पत्र

काठमाडौं, २ असोज । राजनीतिक दलहरुलाई प्रत्यक्षतर्फ पनि एक तिहाइ महिला उम्मेदवार बनाउन निर्वाचन आयोगले निर्देशन दिएको छ । प्रतिनिधिसभा र प्रदेशसभामा एक तिहाइ महिला प्रतिनिधित्व हुनुपर्ने कानुन छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा प्रत्यक्षतर्फ पनि एक महिला उम्मेदवार बनाउन बाध्यकारी छैन । तर आयोगले दलहरुलाई पत्र पठाई प्रत्यक्षतर्फ पनि एक तिहाइ महिला उम्मेदवार बनाउन निर्देशन गरेको आयोगले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

‘संविधानको धारा ३८ को उपधारा (४), धारा ४२ र धारा ४७ को मर्म बमोजिम कम्तीमा एक तिहाइ महिला सुनिश्चित गरी मनोनयन गर्न निर्वाचन प्रयोजनका लागि दर्ता भएका सबै राजनीतिक दलहरुलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम निर्देशन दिने’, आयोगले भनेकाे छ ।

प्रमुख आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले पत्र पठाएपछि आयोगले दलहरुलाई पत्र लेख्ने निर्णय गरेको बताए । संसदको समितिले पत्र पठाएकाले निर्णय गरेको उनकाे भनाइ छ ।













0 प्रतिकृया