Follow us:


Follow us

१८ असोज २०८३, आइतवार
१८ असोज २०८३, आइतवार


‘कुन मुख देखाएर भोट माग्न जानुहुन्छ ?’ राष्ट्रपति र माधब नेपालमाथि बालेनकाे प्रश्न

एक्सन खबर
असोज, १, २०७९


‘कुन मुख देखाएर भोट माग्न जानुहुन्छ ?’ राष्ट्रपति र माधब नेपालमाथि बालेनकाे प्रश्न

काठमाडाैं, १ असोज । तीनकुने पार्क ५० वर्षदेखि अलपत्र पारेकाे सन्दर्भमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि प्रश्न तेर्स्याएका छन् ।

काठमाडौंको तीनकुनेमा पार्क निर्माण गर्ने भनी खाली छोडिएको जग्गाको तस्वीर समेत फेसबुकमा राख्दै उनले राष्ट्रपति र एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री नेपालमाथि प्रश्न गरेका हुन् ।



बालेनले कुनै बेला तीनकुने क्षेत्र राष्ट्रपति भण्डारी र माधवकुमार नेपालको चुनाव क्षेत्र रहेको भन्दै त्यहाँको समस्या ५० वर्षदेखि समाधान हुन नसकेको भन्दै प्रश्न गरेका छन्–‘आफ्नै क्षेत्र तिनकुनेको ५० वर्षदेखिको समस्या आफैले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नुभएन । अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ? अझै दुई महिना छ, सरकार तपाईंकै हो । समस्या समाधान होस् भन्ने आशा राखेको छु’

सरकारी असक्षमताका कारण तीनकुने पार्क वर्षाैंदेखि अलपत्र बनेकाे छ । तीनकुने पार्कमा जग्गाकाे मुअब्जा विवादमा छ । तत्कालीन सरकारले २०३२ साल जेठ १४ मा जग्गाप्राप्ति ऐन अनुसार तीनकुनेको जग्गा अधिग्रहण सुरु गरेको थियो । त्यसबेलादेखि नै तीनकुनेमा पार्क बनाउने योजना बनेको भएपनि कुनैपनि सरकारले गर्न सकेका छैनन् ।














0 प्रतिकृया