Follow us:


Follow us

१२ असोज २०८३, सोमवार
१२ असोज २०८३, सोमवार


संविधान दिवसकाे पूर्वसन्ध्यामा नेकपा एमालेकाे पदयात्रा (फाेटाे फिचर)

एक्सन खबर
असोज, १, २०७९


संविधान दिवसकाे पूर्वसन्ध्यामा नेकपा एमालेकाे पदयात्रा (फाेटाे फिचर)

काठमाडाैं, १ असाेज । संविधान दिवसकाे पूर्वसन्ध्यामा नेकपा एमालेले आज काठमाडौंमा वाकथन (पदयात्रा) गरेको छ । वाकथनको सुरुवात एमाले अध्यक्ष केपी शर्मा ओलीले गरे। उनको साथमा धर्मपत्नी राधिका शाक्य सँगै नेकपा एमालेका शिर्षस्थ नेताहरू सहभागी रहेका थिए ।

बिहान ७ बजेदेखि सुरु भएको वाकथन बानेश्वर, मैतिदेवी, लैनचौर, कालीमाटी र ललितपुरको कुपण्डोलबाट सुरू हुँदै बसन्तपुरमा गएर टुंगिएकाे थियाे । यही असोज ३ गते को संविधान दिवसलाई राष्ट्रव्यापी रुपमा मनाउने र त्यसकै सन्देश दिनलाई काठमाडौं उपत्यकामा पदयात्रा गरिएको एमालेले जनाएको छ ।

वाकथनको बसन्तपुरमा अध्यक्ष ओलीले सम्बोधन गर्दै मंसिर ४ गते हुन गइरहेकाे निर्वाचनमा नेकपा एमालेलाइ स्पष्ट बहुमत दिन अनुराेध गरे ।


हेर्नुहाेस् फाेटाेफिचर


















0 प्रतिकृया